प्रथम गाउँपालिका अध्यक्षकप राष्ट्रिय कराँते प्रतियोगितामा पुलिस प्रथम

अर्जुन कार्की, बागलुङ, ४ मंसिर । बागलुङको बडिगाड गाउँपालिकामा भएको प्रथम गाउँपालिका अध्यक्षकप राष्ट्रिय कराँते प्रतियोगिता नेपाल पुलिस क्लब प्रथम भएको छ ।

बडिगाड गाउँपालिकाको आर्थिक सहयोग तथा बडिगाड डोजोको आयोजनामा १ गतेदेखि ३ गतेसम्म चलेको प्रतियोगितामा नेपाल पुलिस क्लब प्रथम, शसस्त्र प्रहरी बलको एफपिएफ क्लब द्धितिय र आयोजक बडिगाड डोजो तृतीय हुन सफल भएका छन् ।

प्रथम स्थान हालिस गरेको पुलिसले १० स्वर्ण, ३ रजत र १ काश्य पदक, द्धितिय भएको एपिएफले ५ स्वर्ण, ५ रजत तथा ४ काश्य पदक र तृतीय भएको आयोजक बडिगाड डोजोले २ स्वर्ण, १ रजत सहित ३ काश्य पदक जितेका थिए ।

प्रतियोगितामा प्रथम हुने नेपाल पुलिस क्लबले ७५ हजार रुपैयाँ, द्धितिय एपिएफले ५० हजार र तृतीय बडिगाड डोजोले २५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
प्रतियोगितामा बडिगाड डोजोका नविन रसायली र महिला तर्फ एपिएफकी नविना श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

विभागिय टिम नेपाल प्रहरीको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब, ७ ओटै प्रदेश र आयोजक गरी १० टिमले सहभागिता जनाएको प्रतियोगितामा ३ सय बढि खेलाडीको सहभािगता रहेको आयोजकले जनाएको छ ।

प्रथम बडिगाड महोत्सव तथा पौदी न्वागी मेलाको अवसरमा आयोजना गरिएको प्रतियोगिता सम्पन्न गर्नको लागि बडिगाड गाउँपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजित गरेको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top