भकुण्डेको बराह तालमा पर्यटकीय मेला हुँदै

अर्जुन कार्की, बागलुङ, ४ मंसिर । बागलुङ जिल्लाको पर्यटकीय गाउँ भकुण्डेको बराह तालमा भोलीदेखि श्री बराह पुजा तथा पर्यटकीय मेला हुने भएको छ ।

बराह ताल तथा मन्दिरको प्रचारप्रसार गर्नको लागि हरेक वर्ष कार्तिक पूर्णिमामा आयोजना हुँदै आएको मेला भोली मंसिर ५ गतेदेखि ७ गतेसम्म बराह तालको पूजा तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्न लागिएको मेलाको आयोजना गरिएको श्री बराह मन्दिर र ताल व्यवस्थापन तथा संरक्षण समितिले मंगलबार बागलुङ बजारमा पत्रकार सम्मेलन जनाएको छ ।

तालको व्यवस्थापनको लागि र तालको विचमा मन्दिर निर्माण लगायत वरीपरी अन्य पूर्वाधार निर्माणको लागि मेलाको आयोजना गर्दै आइरहेको समितिका सल्लाहकार नरबहादुर थापाले जानकारी दिनुभयो । थापाले राणकालको अन्त्य तिर उक्त स्थानमा ठूलै मेला लाग्ने गरेको र विभिन्न स्थानबाट व्यापार गर्न व्यवसायहरु पनि जानेगरेको भन्ने जानकारी भएपनि विचको केही समयमा पुजा तथा मेला नभएकाले पछिल्लो समयमा पुरानो चलनलाई निरन्तरता दिइरहेको जानकारी दिनुभयो ।

मेलामा कालिका मन्दिर गेटदेखि बराह तालसम्म म्याथुन दौड प्रतियोगिता, काव्यिक गोष्ठी, खुल्ला एक नृत्य प्रतियोगिता, नगर स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, स्लो बाइक रेस, नौमति बाजा तथा भजन कृतन, कलश यात्रा, बराह भगवानको पुजा आरधाना तथा तोरण तार्ने कार्यक्रम लगायत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

उक्त मेलामा सम्पन्न गर्नको लागि ५ लाख २० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको सल्लाहकार थापाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top