म्याराथन टोली जापान प्रस्थान - SamacharpatiSamacharpati        

म्याराथन टोली जापान प्रस्थान

पोखरा, ४ मंसीर । मित्र राष्ट्र जापानको ओसाकामा नोभेम्बर २५ तारिखमा आयोजना हुने बिश्वस्तरिय ओसाका म्याराथन २०१८ मा सहभागी हुन ४ सदस्यिय नेपाली टोली मंगलबार त्यस तर्फ प्रस्थान गरेको छ ।

नेपाली टोलीलाई शुभकामना प्रदान गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार बिष्टले एक कार्यक्रमविच बिदाई गरे । नेपाल सरकारको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद र डा. खगेन्द्र स्पोर्टस् फाउन्डेशनको ब्यवस्थापनमा सहभागी हुन जाने नेपाली टोलीमा टिम ब्यवस्थापकमा रजत श्रेष्ठ, प्रशिक्षकमा बैकुण्ठ मानन्धर र खेलाडी द्वयमा धर्म महर्जन तथा पुष्प लाल श्रेष्ठ रहेका छन् ।

“अन्तराष्ट्रिय प्रशिक्षण नभएता पनि नेपाली धावकहरुले उत्कृष्ट नतिजा ल्याउने छन् ” प्रशिक्षक बैकुण्ठ मानन्धरले बताए । बिगत १० बर्ष देखि डा. खगेन्द्र स्पोर्टस् फाउण्डेशनले खेल तथा खेलाडीहरुको बिकास तथा उत्थानमा हरदम प्रयास गर्दै आईरहेको संस्थापक अध्यक्ष डा. खगेन्द्र बहादुर श्रेष्ठले जानकारी गराए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित