४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, ४ मंसिर l 

स्याङ्जा  भिरबाट लडेर मृत्यु
मिति २०७५/०८/०४ गते पुतलीबजार नगरपालिका-६ टक्सार पाट्नेस्वारा बस्ने वर्ष अन्दाजी ५६को हेमराज शर्मा गाँउबाट घर फर्कने बाटोबाट अन्दाजी ७०फिट तल लड्नगई मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्ररही टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भैरहेको छ ।

तनहुँ  सवारी दुर्घटना
मिति २०७५/०८/०४ गते भानु नगरपालिका(३ खहरेमा तुरतुरेबाट डुम्रेतर्फ आँउदै गरेको बा३९प ४५६८ नं. मोटरसाईकलले पैदल यात्री सोही स्थान बस्ने वर्ष ५को अमृत गुरुङ र वर्ष ७ की स्मारिका गुरुङ घाइते भई दुवैको मोती अस्पताल डुम्रेमा उपचार भईरहेको, मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मिती स् २०७५/०८/०४ गते । प्रहरी उपरीक्षक
( नवराज भट्ट )

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top