fbpx

 ‘गृहमन्त्री जिबि राईलाई समात्न लाग्नुभएन, मलाई दोषि देखाउन लाग्नुभयो’:-रवि लामिछाने

author

समाचारपाटी

३ महिना अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सहकारी ठगी प्रकरणका आरोपित जिबि राईलाई पक्रिन नचाहेको बताउनुभएको छ । 

मंगलवार राजधानीमा रहेका कर्णाली प्रदेशका पार्टी कार्यकर्ताहरुले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले जिबि राईलाई पक्रिन नचाहेको बताउनुभएको हो । उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठले वास्तविक रुपमा सहकारी पीडितहरुलाई न्याय दिन नचाहेको जिकिर गर्नुभयो । उहाँले पीडितलाई न्याय दिलाउने काम गर्नुको साटो आफ्नो गल्ती र कमजोरी भेटिन्छ कि भनेर फसाउन लागि परेको बताउनु भयो । गृहमन्त्रीलाई सहकारी पीडितलाई न्याय दिनु भन्दा पनि आफूलाई दोषि देखाएर थुन्नुपरेको भन्दै आफूलाई सहकारी ठगी आरोपमा डाम्न नसक्ने बताउनु भयो । सभापति लामिछानेले सरकारले जिबि राईलाई समाउन लागे सक्ने पनि बताउनु भयो । उहाँले उपप्रधानमन्त्री भइसकेको टोपबहादुर रायमाझीलाई समाउन सक्दा जिबिलाई किन समाउन नसकेको भनि प्रश्न समेत गर्नुभयो । उहाँले सरकारले आफूलाई फसाउन र रास्वपालाई सिध्याउन सकिन्छ कि भनेर प्रयास गरेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘एउटा कुरा म यहाँहरुलाई भन्न चाहन्छु, यदि सरकारले अथवा गृहमन्त्रीज्युले साँच्चै यो सहकारी पीडितको लागि न्याय दिनुपर्यो । सहकारी पीडितहरुको लागि काम गर्नुपर्यो । सहकारीबाट भागेकाहरुलाई समातेर भएपनि, यिनको सम्पती अहिल्यै कब्जा गरेर, कानून ल्याएर, अध्यादेश ल्याएर सबै पीडितलाई बाँड्नुप¥यो भनेर लागि परेको भए अहिलेसम्म कयौँ पीडितहरुले पैसा पाइसक्थेँ । केही न केही शुरुवात हुन्थ्यो । तर उहाँको ध्यान त यसलाई चाहीँ छोड्नुभएन । यो रवि लामिछानेको केही भेटिन्छ कि खोज्नुहोस् त । यता खोज्नुस् । त्यहाँ खोज्नुस् त केही भेटिन्छ कि भनेर यति समय लाउनुभयो । केही भए पो पाउनु ? भए त किन छोड्थे र ? यति समय उहाँले पीडितहरुलाई न्याय दिने, पीडितहरुको पैसा फिर्ता लिने, त्यसको लागि एउटा चुस्त कार्यदल बनाउने, योग्य, क्षमतावान मान्छेहरु राख्ने र तुरुन्त राज्यले काम गर्ने र पहिला तिनलाई समाउँदै गर्ने, थुन्दै गर्ने तर तिनको सम्पती कहाँ छ, तिनको कहाँ–कहाँ लगानी छ ? तिनलाई सुनिश्चितता गरेर एउटा योजना बनाएर पीडितहरुलाई न्याय दिन सोचेको भए, मेरो पछि लाग्ने समय पीडितहरुलाई दिन लागेको भएपनि पीडितलाई न्याय दिन सकिन्थ्यो । अझैपनि आइडिया चाहिन्छ भने सम्पर्क राख्नुस् । अहिले पनि पीडितलाई, धेरै अफ्ठ्यारो परेकाहरुलाई दिन सकिन्छ । तर उहाँहरुलाई त रवि लामिछानेलाई थुन्नुपरेको छ । यसलाइै दोषि देखाइदिनु परेको छ । यसलाई डाम्नु परेको छ । सक्नुहुन्न । सक्दै त सक्नुहुन्न । असम्भव । सहकार्य गर्ने हो भने हामी तयार छौँ । के कुरालाई केन्द्रमा राख्ने ? के कुरालाई महत्व दिने ? त्यसमा भर पर्छ । यदी पीडितहरुको चिन्ताले यो काम गर्नुभएको भए अहिलेसम्म कति जनालाई पैसा फिर्ता दिनुभयो त ? यत्रो हेडलाइन बन्यो । म त ठग जस्तो प्रमाणित गर्न खोज्नुभयो उहाँहरुले । नलिएको पैसा पनि लियो भन्नुभयो । निर्देशन दिएको दिएकै छ खोज्नुस् भेटिन्छ भनेर । त्यहाँ जिबि राई समाउनतिर लागेको हो र ? रवि लामिछाने भेटिन्छ कि भनेर लागेको हो । समाउन लागे समाउन सक्दैन ? उपप्रधानमन्त्री समात्नुभएको होइन उहाँहरुले ? उपप्रधानमन्त्री भइसकेको टोपबहादुर रायमाझीलाई समात्न सक्नुभएको होइन उहाँहरुले ? समाउन खोजेको भए सक्नुहुन्न थियो र ? तर मलाई राम्रो सँग थाहा छ, त्यो फाइल कहाँसम्म पुग्छ ? त्यो जरो कहाँसम्म हल्लिन्छ भन्ने मलाई राम्रोसँग थाहा छ । त्यसैले उहाँहरुलाई चाहिएको रवि लामिछानेलाई फसाउन सकिन्छ कि ?  रास्वपालाई सिध्याउन सकिन्छ कि भनेर खोजेको हो । पीडितलाई पैसा फिर्ता गर्न लागेको भए एक महिना पर्याप्त थियो । हामीले सकेनौँ हजुर भन्नुस् । तयार छु म ।’ 

सभापति लामिछानेले मिसन ०८४ आफूहरुको लागि भएको बताउनु भयो । उहाँले घण्टी चुनाव चिन्ह पाउनासाथ चुनाव नजितिने भन्दै असल मान्छेले घण्टी पाए मात्रै चुनाव जित्ने बताउनु भयो । उहाँले कसैले कसैले पनि आफुले पहिले पार्टी सदस्यता लिएको र झण्डा पहिले बोकेको भनेर नेतृत्वमा दाबी नगर्न आग्रह गर्नुभयो । कोही दौडिएर पहिले पार्टीमा आएको भरमा चुनाव नजितिने भन्दै आफूहरु क्षमतावान व्यक्तिहरु खोज्न हिँडेको उहाँले बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘आजभोलि कयौँ साथीहरुलाई लाग्दो हो घन्टी पाइयो भने त जितिहालिन्छ भन्ने लागेको होला । जितिँदैन । असल मान्छेले घण्टी पाए मात्रै जित्ने हो । जसले पनि घण्टी बोक्दैमा जित्दैन । झुक्याएर घण्टी कसैले लियो भने भोट नहाल्नुस् भन्न सक्छौँ हामी । मिसन ०८४ भनेको हाम्रा लागि हो । मैले बारम्बार भन्दै आएको छु साथी हो, असल नेतृत्व छान्ने होडबाजि हो । नकि, दौडेर केन्द्रिय कार्यालयमा को पहिला आइपुग्यो, उहाँदेखि म पहिला आएर सदस्यता कसले लियो, फस्र्टमा सदस्यता मैले लिएको, फस्र्टमा त्यहाँ पार्टी मैले खोलेको, त्यहाँ पैला मैले झण्डा गाडेको, भोट माग्न पैला म हिडेको, ब्यानर बोकेर म हिँडेको, माइक मैले मिलाएको । जिन्दावाद भन्ने म हुँ । म त्यो पार्टी छोडेर आएको । यस्ता चिजले देश बन्दैन । आज तपाईलाई सोविता गौतममा गर्व छ । विनिता कठायतमा गर्व छ । सुमना श्रेष्ठमा गर्व छ । तोसिमा कार्कीमा गर्व छ । हेरिरहनुभएको छ । डा. चन्दा कार्कीमा गर्व छ । हेरिरहनु भएको छ नि । के तपाईको ठाउँमा पनि तपाईले गर्व गर्न लायक रास्वपाका भावि नेताहरु हुन् त ? हुन भने तिनले जित्छन् । तर तपाई दौडिएर पहिला आएको भरमा जित्नुहुन्न । घण्टी पाउन पनि गाह्रो हुन्छ । यो लिगलिगकोटको दौड होइन साथी हो जो पहिला आयो उसैले जित्यो । यो त क्षमतावान साथीहरु खोज्नका लागि हिडिएको खोज हो ।’

उहाँले विद्यमान प्रदेश संरचनाको विकल्प सोच्न एक मिनेट पनि ढिला गर्नु नहुने बताउनु भयो । प्रदेश संरचनाको औचित्य माथि उहाँले प्रश्न उठाउनु भयो ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

१६.८२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन