कृषक पुरस्कार अक्षयकोष स्थापना - SamacharpatiSamacharpati        

कृषक पुरस्कार अक्षयकोष स्थापना

पोखरा, ३० कार्तिक l  पोखरा महानगरपालिका वडा नं. १६ का कृष्णप्रसाद अधिकारीले आफ्ना स्वर्गिय माता सावित्री अधिकारी र पिता लिलाधर अधिकारीको स्मृतिमा हिमालय क्लव पोखरा १६ बाटुलेचौरले संचालन गर्ने गरी सावित्रीलिलाधर अधिकारी स्मृति कृषक पुरस्कार अक्षयकोषको स्थापना गरेका छन् ।
क्लवबाट आयोजित कार्यक्रममा अक्षयकोषका संस्थापक कृष्णप्रसाद अधिकारीले क्लवका कोषाध्यक्ष शिवराज देवकोटालाई पचास हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।


सोही कार्यक्रममा पूर्वि चितवन स्पोर्टस् क्लव चितवनमा आयोजित खुल्ला व्याडमिन्टन प्रतियोगितामा क्लवबाट हिमालय क्लवबाट सहभागी भई प्रथम स्थान प्राप्त गर्न सफल खेलाडी विशाल बस्नेत र विधान अधिकारीलाई क्लवले सम्मान गरेको थियो । त्यस्तै गरी क्लवले कास्की पोखरा जापान जनसम्पर्क समितिका उपाध्यक्ष विश्व सुवेदीलाई क्लवमा स्वागत तथा सम्मान गरेको थियो । क्लवका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका मानार्थ सदस्य उदयबहादुर बस्नेत, कास्की पोखरा जापान जनसम्पर्क समितिका उपाध्यक्ष विश्व सुवेदी, अक्षयकोषका संस्थापक कृष्णप्रसाद अधिकारी, सचिव प्रकाश थापा लगायतकाले सामाजिक विकासमा सामाजिक संघसंस्थाको भूमिका बारेमा आफ्ना धारणा राखेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित