देउसीभैलोबाट संकलित रकम र चामल वृद्धाश्रमलाई

स्याङ्गजा, २८ कार्तिक l  देउसी भैलोबाट संकलित रकमबाट वृद्धवृद्धालाई खाद्यान्न प्रदान गरिएको छ । तिहारको समयमा खेलिने मौलिक संस्कृति देउसीभैलोबाट संकलित रकमबाट वालिङ नगरपालिका ८ विइज्डम योङ स्टारले शिवपार्वती वहुउद्देश्यीय वृद्धाश्रम राम्दीमा ३० केजी चामल र ६ हजार नगद प्रदान गरेका हुन् । युवा टोलीले आश्रमका लागि देउसी भैलोबाट उठेको रकममध्ये केही रकम प्रदान गरिएको जनाएको छ ।

समूहले नेपाली समाजमा प्राय देउसीभैलो रकम पिकनिक तथा भ्रमणमा खर्चने परम्परालाई निरुत्साहित गर्दै परम्परालाई परिर्वतन गर्दै समूहलाई अगाडि
बढाउने बताउँदै आएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top