गोरखाको ज्यामिरेमा आगलागी, दुई घर जलेर नष्ट, लाखौंको क्षति

२५ कात्तिक, गोरखा । गोरखाको गण्डकी गाउँपालिका–७ ज्यामिरेमा आगलागीबाट स्थानीय दिपक रेग्मी र निर्मला रेग्मीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

दीपकको ढुंगामाटोले बनेको तीन तले घरसँगै नगद एक लाख पचास हजार, लत्ता कपडा तथा भाँडाबर्तन समेत जलेर नष्ट भएको छ ।

त्यस्तै निर्मलाको एक तले घरभित्र रहेको नगद ८० हजार, ६ तोला सुनसँगै लत्ताकपडा, भाँडाबर्तन तथा अन्नपात जलेर नष्ट भएको बताइएको छ ।

पीडित परिवारको भनाइअनुसार दीपकको घरमा लागेको आगोबाट करिब दश लाख मूल्य बराबरको क्षति भएको छ भने निर्मलाको घरमा लागेको आगोबाट सात लाखभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ ।

शुक्रबार साँझ आगलागी भएपनि शनिवार बिहान मात्र स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएसँगै प्रहरी चौकी घ्याल्चोकबाट प्रहरी टोली खटिएको थियो । शुक्रबार साँझबाट लागेको आगो प्रहरी र स्थानीबासीको पहलमा शनिबार दिउँसो एक बजे मात्र नियन्त्रणमा आएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top