१० लाखको पटाका नष्ट

महानगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका १० लाख बराबरका पटाका बुधबार बिहान नष्ट गरेको छ । परिसरमा आयोजित पत्रकार सम्मेलनमा ती पटाकाहरु प्रदर्शन गरेर परिसर भित्रै रहेको पुरानो इनार जस्तो पानी जमेको स्थानमा फालेर नष्ट गरेको थियो । परिसरले पटाकासहित पक्राउ परेका ९ जनालाई हिरासतमा लिई थप कारवाही प्रकृया समेत अगाडि बढाएको जानकारी गराएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top