प्रहरी महानिरीक्षक खनाल र नागरिकबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही कार्तिक २० गते जिल्ला प्रहरी कार्यालय कास्कीमा आम नागरिकहरुसंग समुदाय प्रहरी साझेदारीका विषयमा अन्तरक्रिया गर्नुभएको छ । आम नागरिकहरु संग प्रहरी सेवा प्रवाहका विषयमा वृहत अन्तरक्रिया एंव छलफल गरी जनचासो अनुसार नै आगामी रणनीति कार्ययोजना तयार गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो ।


उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले समुदायको साझेदारी बिना समाजमा प्रहरीको उपस्थितिले मात्रै शान्ति सुरक्षा स्थापना हुन नसक्ने बताउदै समुदाय(साझेदारीको अवधारणा विकास भएको बताउनुभयो । त्यस्तै प्रहरीलाई जतिसक्दो बढी प्रविधि मैत्री बनाउने प्रयास भैरहेको बताउदै प्रहरीले आफ्नो व्यावसायिक दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले जिल्लाको शान्ति सुरक्षाको लागि प्रहरी अहोरात्र तल्लिन रहेको बताउँदै जनतामा प्रहरी हाम्रो साथि हो भन्ने भावना विकास गराउँदै प्रहरी सेवा प्रवाह गरिरहेको बताउनुभयो ।


उक्त कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा, गण्डकी प्रदेशका सासंद राजिव पहारी, ४ नं। प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहरा, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, समुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिहरु, पत्रकार लगायत आम नागरिकको उपस्थिति रहेको थियो ।

कास्की  सवारी दुर्घटना एक जनाको मृत्यु
मिति २०७५/०७/२० गते पोखरा महानरपालिका-२२ पुम्दीभुम्दी स्थित स्याङ्जाबाट पोखरा तर्फ आउदै गरेको ग १ ज ५४३ नं. को ट्याक्सी सडकबाट अन्दाजी १०० मिटर तल खोल्सामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका(२१ कृष्ति बस्ने वर्ष(२४ को सुमन पौडेल रहेका छन् । प्रहरीले घटनाका विषयमा तप अनुसन्धान गरिरहेको छ ।

बागलुङ  लडी मृत्यु
मिति २०७५/०७/२० गते बागलुङको निसिखोला गाँउपालीका(६ बस्ने वर्ष ३५को गणेश घर्ति मिति २०७५/०७/१९ गते साँझ गोठबाट घर फर्कने क्रममा सोही स्थानको कमेरे भिरबाट अन्दाजी ५०/६० मिटर तल खसी मृत्यु भएको छ भनि स्थानियहरुले खबर गर्नसाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

स्याङजा  सवारी दुर्घटना
मिति २०७५/०७/२० गते वालिङ नगरपालिका-११ अमले स्थित भित्री सडक खण्डमा अमलेबाट वालिङतर्फ आउदै गरेको ग १ त १०६५ नम्बरको खाली टयाक्ट्रर सडक देखी अंन्दाजी १० मिटर तल खस्दा टयाक्ट्ररमा सवार जिल्ला रुपन्देही सैनामौना नगरपालिका-२ रानिबगिया बस्ने वर्ष २६को खेम प्रसाद बुढाथोकी घाईते भई उपचारको लागी गण्डकी मेडिकल कलेज पोखरा पठाईएको छ । उक्त स्थानमा प्रहरी टोली खटिईन चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

कास्की  गोठमा आगलागी
मिति २०७५/०७/२० गते पोखरा महानरपालिका-१३ आर्बा स्थित रामकृष्ण बरालको भैंसी पाल्ने गोठमा कुंडो पकाई छाडेको आगोबाट अचानक आफै आगलागी हुँदा गोठ पूर्ण रुपमा जलि नष्ट भएको । उक्त आगलागिबाट अन्दाजी दुई लाख बराबरको क्षति भएको छ । आगो स्थानिय, प्रहरी र दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मिती स् २०७५/०७/२० गते । प्रहरी नायव उपरीक्षक
( गोविन्द पुरी )

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top