बिरौटा चोकमा रहेको आइल्याड डोजर प्रयोग गरी भत्काइयो

पोखरा, २० कार्तिक l   पोखराको पार्दी बिरौटामा रहेको आइल्याण्ड भत्काइएको छ । पोखरा महानगरपालिका तथा वडा नम्बर १७ को आयोजनामा सोमबार पोखराको पार्दी बिरौटा चोकमा रहेको आइल्याड डोजर प्रयोग गरी भत्काइएको वडा अध्यक्ष तिर्थराज अधिकारीेले बताएका छन् । १२ मिटरको गोलाकारमा रहेको उक्त आइल्याण्डको बाहिरि भाग करिब ७.५ मिटरको भाग भत्काइएको अध्यक्ष अधिकारीले जनाएका छन् । बाँकी करिब ४.५ मिटरको गोलाकारमा दुई वटा सालिक सहितको तमु हिला चोक लेखिएको क्षेत्र भने केहि समय पछि समन्वय गरी ब्यस्थापन गरिने भएको उनले बताएका छन् ।

उक्त क्षेत्रको आइल्याण्डको भाग घटाएसंगै सडक क्षेत्रको भाग फराकिलो हुदा ट्राफिक ब्याबस्थापनमा थप सहयोग हुने भएको अध्यक्ष अधिकारीले दाबी गरे । पार्दी बिरौटा चोकमा रहेको आइल्याण्डको धेरै भाग हटाउने बिषयमा सारोकार निकायसंगको छलफल गरेसंगै सौहार्दपुर्ण वातावरणमा हटाउने सहमति भएको उनले जनाएका छन् । बाँकी रहेको आइल्याण्ड र आइल्याण्डमा रहेको साशिकलाई महानगरपालिकाले सरोकार पक्षसंगको सहकार्यमा हटाउने सहमति भए पनि मात्र दोश्रो चरणको काम हुने भएको उनले जनाएका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित पोखराको छोरेपाटन शान्ति स्तुपाः जाने बाटो देखि पृथ्बीचोकसम्मको क्षेत्रमा केही समय पछि चार लेनको सडक बिस्तार गर्ने योजना रहेको अध्यक्ष अधिकारीले बताए । सो क्षेत्रमा सडक मापदण्ड विपरित निमार्ण भएका भौतिक संरचनाहरु समेत हटाउने उनले चेतावनी दिएका छन।

source:pokharanews

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top