स्मृति भवन निर्माण सहयोगार्थ कर्णदास सांगीतिक साँझ

पोखरा, २० कार्तिक l नेपाली कांग्रेस माछापुच्छे गाउँपालिका २ सार्दिखोला इकाइ समितिले विपी स्मृति भवन निर्माण सहयोगार्थ कर्णदास सांगीतिक साँझ गरेको छ । ‘आफ्ना लागि होईन देशका लागि बाँचेर हेर मुटुभरी नेपालको माया साँचेर हेर’ कर्ण दासको स्वरले गीत गुञ्जिएपछि साँझमा उपस्थित भुर्जुङखोलाका दर्शकको हुटिङले निकैबेर गुञ्जायो ।


विवेक मल्लले लेखेका देशभक्तिमा समर्पित यो गीतमा कर्णले नै संगीत भरेका हुन् । त्यसपछि अर्को गीत गुञ्जियो ‘ठूला ठूला महल होइन….।’ शिरैमा शिरबन्दी, जिन्दगीको के भरोसा लगायत दर्जनभन्दा बढी गीत कर्ण दासले भुर्जुङखोला स्थित गण्डकी रेन्बो ट्राउट फार्मको स्टेजमा गाएका थिए । अन्तिम गीत जिन्दगीको के भरोसा गाएर नसक्दै दर्शकले ‘वान्स मोर’ धेरै पटक दोहोर्याउँदै बबाल भयो भन्ने स्वरले व्यापकता पायो । दर्शकको आग्रहपछि
गीत नदोहोर्याइ कर्णले सुखै पाएनन् ।

उनले दोहोर्याएर गाए, उही गीत । दर्शकले उनका हरेक गीत निकै चाख मान्दै सुनिरहेका थिए । कोही रमाइलो मान्दै नाचे पनि । उनीसँगै गीत गुनगुनाउने पनि उत्तिकै थिए । कर्णदासका गीत विपीका विचार आपसमा निकै मिल्छन् । त्यसैले पनि विपीलाई सम्झिँदै गीत सुन्नेहरु पनि निकै धेरै थिए र भावुक पनि । निर्माणाधीन भवन पूरा गर्न आर्थिक अभाव भएपछि समितिल ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद सूर्यबहादुर केसीले विपीको स्मृतिमा आफूले सक्दो
सहयोग गर्ने वचन दिए । इकाइ सभापति गुञ्जमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन  माछापुच्छे   १ का वडाध्यक्ष वीरेन्द्र गुरुङले गरेका थिए । सांगीतिक कार्यक्रमबाट ५ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको सभापति गुरुङले बताए । ५ लाख रुपैयाँ सहयोग संकलन भइसकेको छ ।

७ लाखजति उठ्न बाँकी छ, उनले भने, ‘सबैले प्रतिबद्धता जनाउनुभएको छ, केही दिनभित्रै पूरै रकम उठाइसक्छौं ।’ समितिले २ तले भवन निर्माण
गरेर विपी स्मृति पुस्तकालयसहित  संग्रहालय निर्माण गर्ने लक्ष्यसहित काम गरिरहेको छ । तत्कालका लागि आधुनिक पुस्तकालय निर्माण गर्ने र
पछि संग्रहालयकै रुपमा स्थापित गर्ने गुरुङको भनाइ छ ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top