तोल्कामा सम्पन्न भलिबलको उपाधी साबेतलाई

 पोखरा, २० कात्तिक ।  देउराली युवा क्लब अन्नपूर्ण गाउँपालिका वडा नं ७ तोल्काद्वारा क्लबको १५ औं बार्षिकोत्सब तथा दिपावलीको अबसरमा आयोजित साबिक वडास्तरिय भलिबल प्रतियोगिताको उपाधी चण्डी युवा क्लब साबेतले जितेको छ । हिमालय माबिको प्राङ्गणमा सोमबार सम्पन्न फाईनल खेलमा सँगम युवा क्लब बाग्लुङलाई २५–२३, २५–२३ र २५–१७ को सोझो सेटले पराजित गर्दै साबेतले उपाधी जितेको हो ।

उपाधीसँगै बिजेता टिम साबेतले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ४० हजार प्राप्त ग¥यो भने उपबिजेता टिम बाग्लुङले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २५ हजार मै चित्त बुझायो ।

प्रतियोगिताबाट उत्कृष्ट खेलाडीको रुपमा साबेतका दिपु बिक त्यस्तै उत्कृष्ट डिफेण्डर बाग्लुङका मिन सुनार, उत्कृष्ट सटरको रुपमा बाग्लुङकै किश्मन थापा, उत्कृष्ट लिफ्टर सोही क्लबकै गणेश चालिसे, उत्कृष्ट ब्लकर साबेतका बिश्वास बिक तथा उदीयमान खेलाडीको रुपमा साबेतकै मनोज गुरुङ घोषित भएको कार्यक्रम सञ्चालक तथा युवा समाजसेवी भरत गुरुङले बताएका थिए ।

उनका अनुसार भेट्रान्स भलिबल तर्फ तोल्का टिम “बि” र रसि तान्ने खेलमा तोल्काकै चैत बहादुरको टिम बिजयी भएको थियो । त्यस्तै छेलो फाल्ने प्रतियोगितामा प्रथम मन बहादुर बिक र होम बहादुर बिक द्वित्तीय भएका थिए ।

समापन कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष घनश्याम चापागाई, युवा समाजसेवी भरत गुरुङ तथा कुमार गुरुङ र प्रायोजकहरुले बिजयी टिमहरुलाई पुरस्कार प्रदान गरेका थिए । समपान कार्यक्रममा आथिक सहयोग गर्ने सहयोगिदाता तथा भलिबल रेफ्रि टंक बहादुर र तथा सुमन परिवारलाई सम्मान समेत गरिएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top