live ppl final :- पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा लाइभ

पोखरा प्रिमियर लिगको उपाधिका लागि आज पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा ..
शरद भेषावकरको कप्तानीमा रहेको पोखरा लिग चरणको अंक तालिकामा ६ अंक सहित रन रेटका आधारमा शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । लिग चरणमा दुवै टोलीले समान ३ जित र २ हारका साथ ६ अंक जोडे पनि चितवन रनरेटका आधारमा दोस्रो स्थानमा सिमित भएको थियो ।दुई टोलीबीच लिग चरणमा भएको खेलमा पोखराले चितवनलाई ५ विकेटले हराएको थियो ।
चितवन सामु फाइनलमा पोखरालाई हराउँदै लिग चरणमा भोगेको हारको बदला लिने मौका छ भने पोखरालाई लिगमा जितेको आत्मविश्वास र घरेलु मैदान र दर्शक साथ छ ।
प्रतियोगिताको विजेताले २७ लाख रुपैया जित्नेछ । घरेलु क्रिकेटमा यो राशी सर्वाधिक हो ।
उपविजेताले १० लाख हात पार्नेछ भने सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई सुजुकीको मोटरसाईकल प्रदान गरिनेछ । क्रिकेट प्रतियोगितामा तीनवटा मोटरसाइकल प्रदान गरिन लागेको पनि यो पहिलो पटक हो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top