प्याराग्लाइडिङ विश्वकप प्रतियोगितामा दक्षिण कोरिया पहिलो स्थानमा

स्याङ्गजा, १९ कार्तिक l  प्रथम प्याराग्लाइडिङ एक्युरिसी विश्व कप प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्थान हात पारेको छ । दक्षिण कोरियाले एकल पुरुष, महिला तथा समूहगत प्रतियोगितामा बाजी मारेको हो । प्रतियोगिताको एकलतर्फ पुरुषमा दक्षिण कोरियाका स्याङजा गुई लिमले ६ चरणको खेलमा १२ अंक हात पार्दै ५३ खेलाडीलाई पछाडि पारेकाथिए   l


दोस्रो स्थानमा कोरियाकै जि हुन यो र तेस्रो स्थान कोरियाकै किम कि हेवनले हात पारेका छन् । चौथो चरणसम्म पहिलो रहेका स्लोभाकियाका फेडरेलो जुकले चौथै स्थानमा चित्त बुझाउनु परेको छ । आयोजक नेपालका युकेश गुरुङले आठौं स्थान हात पारेको एफएआइका प्रमुख तथा प्रमुख निर्णायक जोनाडिक उल्गेसाले जानकारी दिएका छन् ।

महिलातर्फ दक्षिण कोरियाकी हेयुन हि किम ५९ अंकका साथ प्रथम भइन् । उनले १७ हेलाडीलाई पछि पारिन् । ७४ अंकका साथ कोरियाकै इउन इयोङ चो दोस्रो र तेस्रो स्थानमा २ सय ११ अंकका साथ इन्डोनेसियाकी तीता रेज्की गुन्टारी छन् । चौथो कोरियाकै इन्सुक काङले हात पार्दा आयोजक नेपालकी सरिता तामाङ पाँचौ, प्रतिभा भुजेल छैटांै र तिर्सा श्रेष्ठ बमजमले हात पारेका हुन् ।

समूहगत खेलमा कोरियाका गिनग्लाइडर प्रथम र कोरियाकै दभिन्गीले दोस्रो भए । १८ औं एसियाडमा एक्युरिसीमा दोस्रो स्थान हात पारेको नेपालले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ । समूह अन्तर्गत कोरियाकै स्काकई फ्राइन्ड र पाँचौमा नेपालको बिएचसी मालेया रहे । ६ चरणमा ४ सय २० उडानमा सबैन्दा कम अंक ल्याउने खेलाडी र समूहले बाजी मारेको सचिवालय संयोजक अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।

भीरकोट ५ महापुर मैदान र वालिङ ११ डौवामा नेपाल प्याराग्लाइडिङ तथा ह्यान्ड ग्लाइडिङ संघ, बाबु एडभेन्चर क्लब र नेपाल हवाई खेलकुद संघल
आयोजना गरेको प्रतियोगिता १५ गतेबाट सुरु भएको थियो । प्रतियोगितामा नेपाल, साल्भेनिया, साउथ कोरिया, मंगोलिया, मलेसिया, थाइल्यान्ड, चीन, क्यानडा, नेदरल्यान्ड, भारत, इन्डोनेसिया, साउदी अरेबिया र सिगांपुरका ५३ पुरुष र १७ महिला गरी ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

एकल प्रतिस्पर्धामा प्रथम हुनेले १ हजार युरो, द्वितीयले ७ सय ५० युरो र तृतीयले ५ सय युरोसहित क्रमश स्वर्ण, रजत र कास्य पदक पाएका छन् । समूहगतमा प्रथम हुनेले १ हजार ५ सय, द्वितीयले १ हजार २ सय र तृतीयले ७ सय युरोसहित पाएका छन् । विजेतालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालले पुरस्कार वितरण गरिन् । मन्त्री अर्यालले अब स्याङ्जा प्याराग्लाइडिङको केन्द्र बन्ने बताइन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top