क्रिकेट प्रतियोगिताको उपाधिका लागि चितवन र पोखरा भिड्ने

पोखरा, १९ कार्तिक l  पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि चितवन र पोखरा भिड्ने भएका छन् । आइतबार भएको प्ले अफमा चितवनले हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधिका लागि पोखरासँग भिड्ने निश्चित गरेको हो । चितवनका अलराउन्डर सनि पटेलले आफ्नो पहिलो ओभरमै ३ विकेट लिएपछि दबाबबाट ब्याटिङ थालेको काठमाडौंले प्ले अफमा पूरा २० ओभर पनि खेल्न सकेन । ३ बल बाँकी रहँदा सम्पूण विकेट गुमाएको काठमाडांैले मात्रै ९४ रन जोड्न सक्यो ।

काठमाडांैका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाबए भने जयकिशन कोलसवालले २५ रनको  योगदान दिए । भरपर्दा ब्याट्स्म्यान गौरव
तोमार नचल्नु काठमाडौंका लागि घाटक सिद्ध बन्यो । काठमाडौं अन्य बलरहरु स्मिथ पटेल र भुवन कार्कीले पनि २–२ विकेट लिएका थिए ।
जितका लागि ९५ रनको सामान्य लक्ष्य लिई ब्याटिङमा उत्रिएको चितवनले १८ ओभर २ बलमा ४ विकेट गुमाएर
विजयी लक्ष्य पार गर्यो ।

चितवनको तर्फबाट जन्मदिन मनाउँदै गरेका स्मित पटेलले ३८ रन बनाए । अर्का ब्याट्स्म्यान हरिशंकर साहले २६ रनको योगदान दिए । कप्तान पारस खड्को ब्याट चल्न सकने । उपाधि भिडन्त आगामी मंगलबार हुनेछ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top