तिहारका लागि चाहिने सम्पुर्ण सामाग्री तिहार मेलामा

पोखरा, १८  कात्तिक l तिहारका लागि चाहिने सामाग्रीका लागि अब बजार बजार डुल्न नपर्ने भएको छ । नेवा मिसा पुच कास्कीको संयोजनमा तिहारलाई लक्षित गर्दै तिहारमा चाहिने सम्पुर्ण सामाग्री पाइने गरि स्वन्तीः नखः मेला तिहार मेला गर्न लागिएको हो । मेला यहि कात्तिक १७ गते शनिबार नयाबजार स्थित ब्लुसिनपल युनिसेक्स सलुनको प्राङ्गणमा हुने नेवा मिसा पुच कास्कीका उपाध्यक्ष संगीता बज्राचार्यले बताएका थिए ।


मेलामा तिहारमा चाहिने फूलदेखि टिका, जजन्का, आँखे, लाभा, माला, हाँसको अण्डा, माछा, टोपी तथा थरीथरीका रोटी पाइने छ । लक्ष्मी पुजाका लागि चाहिने सम्पुर्ण सामान पनि मेलामा पाइने छ । टसी, भोगटे, बयर, मसिपौ, बयर, कटुस, अमला लगायतका सामाग्री पनि पाइने बज्राचार्यले बताएका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top