४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, १६ कार्तिक l
कास्की स् र्योली सम्पन्न
मिति ०७५।०७।१६ गते पोखरा महानगरपालिका-२६ विजयपुरबाट जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा अपराध नियन्त्रणका लागि सामाजिक जनजागरण अभियान अन्तर्गत र्या(ली शुरु भई अघौंचोकमा पुगि सम्पन्न भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानिय भद्रभलाद्मीा, पत्रकार गरी अन्दाजी १३०० जनाको उपस्थिति रहेको थियो ।

नवलपरासी (पूर्व)  कुटपिट गर्दा मृत्यु
मिति २०७५।०७।१६ गते कावासोती नगरपालिका-१६, मध्यबिन्दु अस्पताल अगाडी चोरमारा बस्ने वर्ष २३को विष्णु थापालाई केही व्यक्तिहरुले कुटपिट गर्दा घाईते भई मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई छ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा कावासोती नगरपालिका-१४ बस्ने वर्ष २१को सुदिप क्षेत्री, वर्ष १७को अमित गुरुङ, मध्यबिन्दु नगरपालिका-४ बस्ने वर्ष १९को सन्दिप क्षेत्री, हुप्सीकोट गाँउपालिका-०३ बस्ने वर्ष ३५को कृष्ण वाग्ले, जिल्ला नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका-४ बस्ने वर्ष २१को गणेश कुमार ठाकुर र जिल्ला डोल्पा लिकु गाँउपालिका-०७ बस्ने वर्ष १७को अर्जुन पुन रहेका छन् । घटनाका विषयमा प्रहरीले थप पनि अनुसन्धान गरिरहेको छ ।

नवलपरासी (पूर्व)  शव फेला परेको
मिति २०७५/०७/१६ गते नवलपरासी(पूर्व) विनयी त्रिवेणी गाँउपालिका(ब्यारेज पुल नजिकै नारायणी नदिको छेउमा हालसम्म नाम थर वतन नखुलेको अन्दाजी वर्ष २५र३०को पुरुष व्यक्ति शव फेला परेको भन्ने खबरप्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्दान गरिरहेको छ ।

बागलुङ  सवारी दुर्घटनामा ०५ घाईते
मिति २०७५/०७/१६ गते बागलुङको ताराखोला गाँउपालिका-५ उत्तरपानीमा नाङगेबाट हटियातर्फ जाँदै गरेको ग २ च ६१३४नम्बरको पिकअप जिप अचानक स्टेरीङ फेल भई सडक बाट अन्दाजी १५ मिटर तल खस्दा उक्त पिकअपमा सवार चालक सहित ६ जना मध्ये ५ जनाघाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागि ईमर्जेन्सि पोलिक्लिनिक हटिया पठाएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । घाईते हुनेहरुमा ताराखोला गाँउपालिका-५ बस्ने कोपिला घर्ति, धन कुमारी रोका, लिलामती बि।क।, यमुना रोका र धनमाया वि.क. रहेका छन् ।

मिती स् २०७५/०७/१६ गते । प्रहरी नायव उपरीक्षक
(गोविन्द पुरी )

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top