स्याङ्जामा प्रथम प्याराग्लाइडिङ एक्युरिसी विश्वकप प्रतियोगिता

स्याङ्जा, १५ कात्तिक l
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुदलाई आर्थिक समृद्धिमा जोड्नुपर्ने बताएका छन् । नेपालमा आर्थिक तथा सामाजिककारणले खेलकुदमा पछाडि परेको बताउँदै मन्त्री विश्वकर्माले सरकार लेखेल क्षेत्रलाई अहिलेसम्म धेरै महत्वदिन नसकेको स्वीकार गरे । स्याङ्जामा प्रथम प्याराग्लाइडिङ एक्युरिसी विश्वकप प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले नेपाल खेलकुदमा धेरै पछाडिपरेको बताएका हुन् ।

राज्य खेलकुदमा पछि परेका कारण सरकारले संविधानमै खेललाई जोडेर अगाडि बढाउन लागेको बताए । प्राकृतिक भौगोलिक संरचनाले  प्याराग्लाइडिङको विकास भएको बताउँदै मन्त्री विश्वकर्माले खेल विकास भए खेलकुदबाट आर्थिक समृद्धि हुने दाबी गरे । उनले खेलकुद अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने माध्यम समेत भएको भन्दै स्वरेक, स्याङ्जामा आयोजित प्याराग्लाइडिङ एक्युरिसी विश्वकपले नेपाललाई विश्वमै चिनाएको दाबी गरे । प्याराग्लाइडिङको रंगशाला निर्माण गर्न डिपिआर तयार गरी ३० प्रतिशत लगानी गर्न स्थानीय सरकार तयार भएकेन्द्रले ७० प्रतिशत लगानी गर्ने मन्त्री विश्वकर्माले स्पष्ट पारेका छन् ।

प्रतिनिधि सभा सदस्य नारायणप्रसाद मरासिनीले खेल स्वास्थ्यका लागि पनि महत्वपूर्ण भएको बताए । कार्यक्रममा प्रदेश सभा सदस्यमा प्रसाद रेग्मी, नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघका अध्यक्ष रुपनारायण श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख सीताकुमारी सुन्दास, भीरकोट नगरपालिका प्रमुख छायाराम खनाल लगायतले बोलेका थिए ।भीरकोट नगरपालिका ५ महापुर मैदान तथा वालिङ नगरपालिका ११ डौवाफाँटमा प्रथम प्याराग्लाइडिङ एक्युरिसी विश्वकप प्रतियोगिता ४ दिनसम्म चल्ने छ । नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था तथा बाबु एड्भेन्चरक्लब स्याङ्जाले प्याराग्लाइडिङ् एक्युरिसी विश्वकपको आयोजना गरेकाहुन् । प्रतियोगितामा नेपालका ३०, साउथ कोरियाका १७, भारतका १०, थाइल्यान्ड र चीनका ७÷७, इन्डोनेसियाका ५, जर्मनीका ४, पाकिस्तान, मलेसिया,मंगोलिया, साउदी अरेबिया र सोल्भानियाका २÷२, क्यानडा, हंगेरी,इप्जिप्ट, सिगांपुर, नेदरल्याण्ड, अमेरिका,युएई र टर्कीका १÷१ गरी २० देशक ९८ जना खेलाडी सहभागी छन् ।

प्रतियोगितामा पुरुष र महिला एकल तथा समूहमा गरी ४ पदक, १० स्वर्ण,१० रजत र १० काश्य पदका लागि प्रतिस्पर्धा हुनेछ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top