यातायात कार्यालयमा सेवाग्राही लाई टोकन सिस्टम

पोखरा, १५ कार्तिक l 

यातायात व्यवस्था कार्यालय (लाइसेन्स) गण्डकीमा जुनसुकै कुनै बेला सेवाग्राहीकोभीड थेगिनसक्नु हुन्छ । लाइसेन्स परीक्षाबाहेक नै प्रत्येक दिन राजस्व
बुझाउने, नयाँ दर्ता र नवीकरणका लागि आउने सेवाग्राहीको पालो घन्टांै लामो लाइनमा बसेपछिमात्रै आउँथ्यो । लाइसेन्स कार्यालयमा दैनिक ५ सय
हाराहारीमा सेवाग्राही पुग्छन् । अब कार्यालयमा भीड केही हदसम्म व्यवस्थित हुने भएको छ ।


बुधबारदेखि कार्यालयमा टोकन सिस्टम सुरुभएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले कार्यालयमा बुधबारदेखि टोकन मेसिन जडान गररे प्रयोगमा ल्याएको हो । देश संघीयतामा गएसँगै यसै आर्थिक वर्षदेखि यातायात कार्यालय प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत आएको छ ।
टोकन मेसिन सञ्चालनमा आएसँगैअब पहिला आउने सेवाग्राहीले प्राथमिकता पाउने छन् । नयाँ दर्ता, नवीकरण र राजस्व बुझाउन, के गर्न कार्यालय पुगेको हो, त्यहीनामको बटममा दबाए अनुसार टोकन पाइने व्यवस्था मिलाइएको छ ।

पार्दीस्थित कार्यालयमा भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले मेसिनको उद्घाटन गर्दै चुस्त सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिए । ‘यातायात
कार्यालयको सेवा र सेवाग्राहीका समस्या प्रति मन्त्रालय गम्भीर छ,’ मन्त्री बस्नेतले भने, ‘सीमित स्रोत साधनकाबीच सेवाग्राहीले दुख नपाउन् ।’यातायात कार्यालय सेवाका सम्बन्धमा बढी आलोचित हुने गरेको बताउँदै मन्त्री बस्नेतले जनताको मन जित्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । ‘

यातायात अलि बढी आलोचित हुने गर्छ । उत्कृष्ट सेवा दिनुहोस् । राम्रो काम गर्ने कर्मचारीलाई हामी प्रोत्साहन गर्छौं,’ मन्त्रीबस्नेतले भने, ‘काम नगर्ने कर्मचारीकाअब दिन गए । हामी कार्यालयको निरन्तर निगरानी गर्नेछौं ।’राज्यलाई राजस्व बुझाउन जाँदा सेवाग्राहीलाई दुख दिने होइन, प्रोत्साहन गर्न
मन्त्री बस्नेतले कर्मचारीलाई निर्देशन दिएका छन् ।

उभिएर लाइनमा बस्नुपर्ने, बलमिच्याँइ हुने, कर्मचारीसँग सेटिङ मेलाउने जस्ता कुरालाई रोक्न टोकन सिस्टमले केही हदसम्म सहयोग पुर्याउने मन्त्री बस्नेतको विश्वास छ l

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top