प्रताप दासको ‘जुनकिरी ’ सार्बजनिक (भिडियो सहित)

काठमान्डौँ ,  १५ कात्र्तिक l  नेपाल आइडलबाट चर्चित बनेका सबैका लोकप्रिय गायक हुन् प्रताप दास । सुमधुर स्वरका धनि प्रताप नेपाल आइडलको पहिलो सिजनमा सेकेन्ड रनरअप बनेका थिए । गायक प्रताप दासको सुमधुर स्वरमा ‘जुनकिरी ’ बोलको गित सार्बजनिक भएको छ । भुपेन्द्र न्यौपानेको शब्द तथा शंकर थापा स्माइलको संगीतमा डान्सिङ गीतको भिडियो बजारमा आएको हो । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । प्रेमका मनका कोमल भावनाहरुको भुमिकामा काजिश श्रेष्ठ र अन्जली अधिकारीको फिचरिङ रहेको छ ।

हेर्नुहोस भिडियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top