आफ्नै बा लाई श्रीमान र हजुरबालाई ससुरा बनाएर सबै सम्पति खाने दिदीले दुर्गा कुँवरलाई अन्याय “भिडियो”

पोखरा, १४ कार्तिक । आफ्नै बाबुलाई पति र हजुरबालाई ससुरा बनाएको दिदीले बहिनीले माथि अन्याय गरेको भन्दै पोखराका महिलाहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री, कानुनमन्त्री, उपसभामुख, जिल्ला प्र्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिका र वडा कार्यालय १५ मा मंगलबार जानकारी गराएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरीक मामिला तथा कानुनमन्त्री हरीबहादुर चुमान, उपसभामुख सृजना शर्मा, महानगरपालिका प्रमुख मान बहादुर जिसी र १५ का वडा अध्यक्ष प्रकाश पौडेललाई दुर्गा अन्यायमा परेको विषय जानकारी गराइएको हो ।

सो क्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कहिलेकाँही कानुनले एउटा पक्षलाई न्याय दिदा अर्को पक्ष अन्यायमा परेको हुनसक्छ, यसको विषयमा यथार्थ बुझेर अगाडी बढ्ने बताउनुभयोे । गुरुङले आफुले कानुनको परिधिमा रहेर गर्नसक्ने सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै महानगरपालिका प्रमुख मानबहादुर जिसीले आफुलाई यो विषय पहिलादेखि नै जानकारी रहेको भन्दै दुर्गालाई न्याय दिने बाटोको खोजी भईरहेको बताउनुभयो ।

समाजसेवी पवित्रा गुरुङको पहलमा विगत देखि दुर्गा कुँवरको पक्षमा अदालतले पनि दिदी रत्नाकुमारी शाहकै पक्षमा फैसाला गरेपछि स्थानिय महिला र माजसेवीले यसको विरोध गरीरहेका छन् । अभियानकर्ता पवित्रा गुरुङले २०-२२ वर्ष जेठी दिदीले जालसाजी गरि सम्पुर्ण कागजात आफ्नै पक्षमा पारेकाले कानुनी हिसाबमा दुर्गा चुकेको बताउनुभयो ।

तर जालसाजी गरेर आफ्नै बहिनीलाई सडकमा पुर्याउने दिदीलाई सामाजीक बहिस्कार गरि अधिकार दिलाउन सबै पोरेली दिदी बहिनी दाजुभाईहरुलाई आह्वान गर्नुभएको छ ।

उहाँले आफुहरु दुर्गाको न्यायका लागि अन्तिमसम्म पनि लडिरहने बताउनुभयो ।

दुर्गा कुँवर पोखराको रामबजारमा थोत्रो घरमा बस्दै आउनुभएको छ । जुनघरमा बसेको ४३ वर्ष भयो । दुर्गाका बाबा भारतीय रेलवेमा काम गर्नुहुन्थ्यो । त्यहिबाट कमाएको पैसाले पोखराको रामबजारमा घरजग्गा जोड्नुभयो । घरजग्गा मात्रत्र जोड्नुभएन त्यतिबेलापनि छोरी रत्नाकुमारीलाई राम्रो सँग पढाउनुभयो । रत्नाकुमारी २२ वर्ष हुँदा बल्ल दुर्गा जन्मीएकी थिईन् । आफु बुझ्ने भएपछि रत्नाकुमारीले जालसाजी गरि सबै कागजपत्र मिलाएर उक्त जग्गा आफ्नो नाममा ल्याईन र चुपचाप बसीन् । जब दुर्गा बढ्दै गईन् यहि बिचमा रत्नाकुमारीको बिहे भयो । उनि आफ्ना लाहुरे पतिसँग ब्रिटीस गईन् । तर दुर्गा बिहे नगरि घरमा बा आमाको रेखदेख गरेर बसीरहीन् त्यतिबेलासम्म पनि थाहा भएन की जग्गा दिदीको नाममा छ । बा आमाको देहवसान भयो दुर्गाले काजकिरीया गरिन् तर रत्ना फर्कीईनन् । २०६१ सालमा आएर दिदीले बहिनीलाई यो मेरो सम्पति हो त्यसैले घर निस्कनु भनेपछि दुर्गा कुँँवर छाँगाबाट खसेझैँ भईन् अनि अदालत जाने निधो गरिन् तर मुखबाट बाबा आमा भन्न नसिक्दै हातले कखगघ लेख्न नजान्दै दिदी रत्नाकुमारीले बनाएका प्रमाणका अगाडी दुर्गाको केहि लागेन जिल्ला अदालत कास्की र उच्च अदालत पोखराले दिदीकै पक्षमा फैसाला गरिदीयो । तर रामबजारबासी बा आमा दाजुभाई दिदीबहिनी बाहेक दुर्गा अन्यायमा परेको कसैले देखेन ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top