अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ

 काठमाडौं, १३ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागिएको अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राहदानी नम्बर इडि ४८२९४७८ बाहक इर्सा छन् । उनलार्इ सोमबार विमानस्थल प्रहरीले १ लाख २६ हजार ४ बराबरको अमेरिक डलरसहित पक्राउ गरेको हो ।


काठमाडौंबाट चीनको गन्जाउ जान लागेको उनलाई डिपार्चर एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लगेजभित्र लुकाएर राखेर लाँदै गर्दा डलर फेला परेको थियो ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top