वडामा बुधबारदेखि कर संकलन सुरु

पोखरा, १३ कार्तिक l नयाँ कार्यविधि अनुसार पोखरा महानगरपालिकाले वडा कार्यालयबाट पनि कर संकलन सुरु गरेको छ । एकीकृत सम्पत्तिको नाममा उच्च अदालत पोखराले कर नउठाउन आदेश जारी गरेपछि महानगरले सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर शीर्षकमा महानगरको कार्यालय र वडा कार्यालयबाट कर संकलन सुरु गरेको हो । पोखरा महानगरपालिका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार साविक लेखनाथमा पर्ने वडा नम्बर २७, २९,३० र ३१ बाट कर संकलन सुरु भएको छ ।

वडा नम्बर ५, ६, ७, ८, १०, १३, १५ र १७ मा पनि सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर, घरनक्साको राजश्व लगायत सबै कर तिर्न सकिने शर्माले बताए । जनुसुकै वडाका बासिन्दाले कुनै पनि वडाबाट कर तिर्न र राजश्व बुझाउन मिल्ने, महानगरको कार्यालयसम्म धाउन नपर्ने र पायक पर्ने वडा कार्यालयमा कर तिर सकिने शर्माको भनाइ छ । शर्माका अनुसार वडा नम्बर १, २, ३, ४, ११ र १६ नम्बर वडामा बुधबारदेखि कर संकलन सुरु हुनेछ ।

पहिले नै भएको एकीकृत सम्पत्ति करका केही बुँदा संशोधन गरेर नयाँ कार्यविधि पारित गरेर महानगरले कर संकलन सुरु गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले बताएका छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top