१५ कट्ठा धानको खराईम़ा आगजनी

 नवलपरासी, १२ कात्तिक । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–१, बेलुवामा गएराति अज्ञात समूहले भित्र्याउन ठिक्क पारिएको धानको खराई (कुन्यु) मा आगजनी गरेको छ । हुप्सेकोट–१, बेलुवाका तीलाराम लम्सालको धानको खराईमा आगजनी भएको हो ।  आगजनीबाट १५ कट्ठा खेतको झन्डै ४५/५० मुरी धान क्षति भएको प्रहरी भनाइ छ । गएराति आगगनी भएको र प्रहरीलाई बिहान मात्र खबर आएको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ । आगो लगाइदिने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top