बाग्लुङ्गको ताराखोलामा स्वास्थ्य शिविर हुने

पोखरा, १२ कार्तिक l  लायन्स क्लब अफ पोखरा चौतारीले बाग्लुङ्गको दुर्गम गाउँ ताराखोलामा स्वास्थ्य शिविर गर्ने भएको छ । स्थानिय सामाजिक संस्थाको समायोजनमा आगामी मंसिरमा शिविर सञ्चालन गर्ने क्लवका अध्यक्ष महेश्वर पराजुलीले जानकारी दिनुभयो । सो शिविरमा पोखरादेखि काठमाण्डौसम्मका विभिन्न विद्याका डाक्टरहरुलाई लैजाने शिविर संयोजक एवं क्लवका पूर्वाध्यक्ष मोहनबाबु खड्काले जानकारी दिनुभयो ।
क्लवले यसअघि पनि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।


यसैविच सोहि कार्यक्रममा सो क्लवका पदाधिकारी एवं सदस्यहरुले विभिन्न सामाजिक संस्थामा नेतृत्व लिनुभएकोमा क्लवले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सोहि क्लवका अध्यक्ष महेश्वर पराजुली रहनुभएको छ । पराजुली धर्मस्थली सहकारीको अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यसैगरि पुर्ब अध्यक्ष हरिहर सापकोटा पोखरा उद्योग बाणिज्य संघको का.स.स.मा, क्लवका पूर्वाध्यक्ष मोहनबाबु खड्का पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको बरिस्ठ उपाध्यक्षमा, तथा पुर्ब अध्यक्ष तथा सिनियर एड्भाइजर प्रजापती बास्तोला सेभ द नेशनबाट सम्मानित हुनु भएकोमा उहाँहरुलाई सम्मान गरिएको हो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top