४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत आयोजना

म्याग्दी, ९  कार्तिक l    म्याग्दीको अन्नपूर्ण ४ स्थित ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत आयोजनाको काम फागुन भित्र सक्ने लक्ष्यका साथ तिव्र पािरएको छ । आयोजनाको अहिलेसम्म ६२ प्रतिशत भौतिक निर्माण कार्य सकिएको छ । आयोजनाको निर्माण प्रवद्र्धक रोवष्ट इनर्जी लिमिटेडले २७ महिना अघि सुरु गरेको थियो । आयोजनाको २ हजार २ सय ७३ दशमलव ५ मिटर मध्ये २७ महिनामा १ हजार ८ सय ६२ मिटर सुरुङ खनिएको छ ।

बाँकी सुरुङ निर्माणको काम पनि चाँडै सक्ने लक्ष्य रहेको आयोजनाका आवासीय इन्जिनियर दिवाकर खड्काले बताए । मुख्य सुरुङमा इनलेट र आउटलेट दुवैतर्फबाट काम भइरहेको छ । उनका अनुसार विद्युत गृहतर्फबाट १ हजार ६ र बाँध तर्फबाट ८ सय ५९ मिटर सुरुङ पूरा भएको छ ।
बाँध क्षेत्रमा निर्माण हुने २३ मिटर अग्लो कंक्रिटको ड्यामको करिब ४५ प्रतिशत निर्माण सकिएको छ । पानी थिग्रयाउने पोखरीको ५० प्रतिशत काम सकिएको आयोजनाका इन्जिनियर खड्काले जानकारी  दिए । ‘पेनस्टक पाइप जडानको काम ५२ प्रतिशत सकिएको छ’ उनले भने विद्युतगृहको
सिभिल संरचनाको करिब ८० प्रतिशत काम पूरा भएको छ । विद्युतगृह निमार्णका लागि आवश्यक पर्ने सम्पूर्ण सामानमा जडान गरिने सबै सामान आइसकेको आवसीय इन्जिनियर खड्काले बताएका हुन् ।

आयोजनाले २०७६ साल जेठबाट व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको कम्पनीका प्रतिनिधि चूडामणि निरौलाले बताएका थिए । ‘हाम्रो २०७५ फागुनमा निर्माण सक्ने  लक्ष्य भएपनि २÷४ महिना ढिला हुन्छ होला’  निरौलाले भनेका थिए । आयोजनाले स्थानीयवासीलाई साथमा लिएर अघि बढेकाले कुनै समस्या आएको छैन । ६ अर्ब रुपैयाँ अनुमानित लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनामा नबिल बैंकको अगुवाइमा ६ बैंक तथा वित्तीय संस्थाले ४ अर्ब २० करोड रुपियाँ बराबरको ऋण लगानी गरेका छन् । जलविद्युत लगानी तथा विकास कम्पनी र नबिल बैंकले १÷१ अर्ब रुपैयाँ लगानी छ ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top