कास्कीमा कुटपिट गर्ने ६ पक्राउ

कास्की जिल्लाको माछापुच्छ्रे बडा नं १ स्थित हिमाली आधारभुत विद्यालयको खेल मैदानमा आयोजना गरी रुम्जा र मिर्सा गाउका खेलाडि बिच मैत्रिपुर्ण खेल खेलिरहदा सामान्य बिवाद भएको र उक्त मैत्रिपुर्ण खेल समाप्त पश्चात सोही साझँ पुरानो खेल खेल्दाको सानो बिवादलाई लिई मादक पदार्थ सेवन गरी मिर्सा गाउका युवाहरु रुम्जा गाउका मानिसहरु माथी लाठी प्रहार गर्दा रुम्जा गाउकी चन्द्र कुमारी पुन, धन बहादुर मगर, आनन्द कुमार पुन, सुजन पुन सख्त घाईते भएका छन्  ।

प्र.चौ.सार्दिखोला कास्कीबाट खटिएको प्रहरी टोलिले कुटपिट गर्ने जिल्ला कास्की माछापुञ्छे गा.पा. १ मिर्सा गाउँ बस्ने बर्ष ३० को खजना गुरुङलाई नियन्त्रणमा लिएको छ । उक्त घटनाको बारेमा थप अनुसन्धानको लागी यस कार्यालयबाट प्र.उ.ओम बहादुर रानाको कमाण्डमा खटिएको प्रहरी टोलिले घटनास्थल पुगी पिडितका अभिभावक तथा शंकित ब्यक्तिको पहिचान समेत गरी घटनामा संग्लन प्रहरीको नियन्त्रणमा रहेका खजना गुरुङलाई सोधपुछ तथा थप अनुसन्धान कार्य भईरहेको छ ।

साथै उक्त घटना संग्लन अन्य ५ फरार ब्यक्तिहरुको तुरुन्त खोजतलास गरी पक्राउ गर्ने कार्यालयका कार्यालय प्रमुख प्र.उ.ओम बहादुर रानाको निर्देशन अनुसार यस कार्यालयबाट सादा पोशाखमा खटिएको प्रहरी निरीक्षक गणेश सुवेदी टोलिले पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।

१) जिल्ला कास्की माछापुच्छे गाउपालिका बडा नं १ मिर्सा बस्ने बर्ष २० को विधान गुरुङ ।
२) जिल्ला कास्की माछापुच्छे गाउपालिका बडा नं १ मिर्सा बस्ने बर्ष २४ को दले गुरुङ ।
३) जिल्ला कास्की माछापुच्छे गाउपालिका बडा नं १ मिर्सा बस्ने बर्ष २५ को लक्ष्मण गुरुङ ।
४) जिल्ला कास्की माछापुच्छे गाउपालिका बडा नं १ मिर्सा बस्ने बर्ष २२ को उमेश गुरुङ ।
५) जिल्ला कास्की माछापुच्छे गाउपालिका बडा नं १ मिर्सा बस्ने बर्ष ३० को हिमाल गुरुङ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top