भीरमौरीको मह झिक्न जाँदा लडेर घलेको मृत्यु

गोरखा, ५ कार्तिक l भीरमौरीको मह झिक्न जाँदा भीरबाट लडेर एक व्यक्तिको मुत्यु भएको छ। जिल्लाको बारपाक गाउँपालिका-२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भीरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिए। छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भीरमा मह झिक्न हिँडेका घले मह झिक्दै गर्दा भीरबाट  खसेको मृतकका छोरा गिर्जा घलेले बताएका हुन् । ‘बाबु चिप्लिएर खसेपछि भीरमा मह झिक्न पुगेका छोरा गिर्जा घलेले स्थानीयलाई खबर गरेपछि गाउँले घटनास्थल पुगेर ‘करिब तीन÷चार घण्टापछि मृतावस्थामा जीतबहादुर घले  लाई फेला पारेका हुन् l भीरबाट करिब पाँच मिटर तल खसेको अवस्थामा गाउँलेले घलेलाई मृत फेला पारेको स्थानीयको भनाइ छ। उनको शरीर पूर्णरुपमा क्षतविच्छेद भएको अवस्थामा फेला पारेको घलेले बताए।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top