बस दुर्घटना २० भन्दा बढी यात्रु घाइते

गोरखा, ४ कार्तिक । तनहुँको आबुखैरेनी गाउँपालिका-२ नारीघाटमा आइतवार यात्रुवाहक बस दुर्घटना हुदाँ २० भन्दा बढी यात्रु घाइते भएका छन् । बेशिशहरबाट मुग्लिङतर्फ जादै गरेको ना ४ ख ७८४१ नम्वरको मिनिबस सडकभन्दा करिव १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेहरुको तनहुँको छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिनुभएको हो  । घाइतेहरुको पहिचान खुल्न बाकी रहेको उहाँले बताउनु भयो । दुर्घटनाहुनुको  कारण  तीव्र गतिमा बस चलाएको ले  हुन् सक्ने प्रहरीको अनुमान छ । बसमा ४० भन्दा बढी यात्रु यात्रा गरेका  थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top