शक्ति पिठ गुप्तकालीका मन्दीर दशैको विशेषता फुलपातीमा सरुङ खेल

२९ असोज l हिमशैलको श्वच्छ मनोहर दृश्यको अनुप आनन्दसगै प्राचिन शक्तीपिठ कास्कीकोट गुप्तकाली मन्दीरमा शारदिय दशै सरु हुदै छ । ९००बर्ष पहिला देखिनै यहाँ माता गुप्त कालीको पुजा अर्चना अटुटरुप गरिदै छ । नेपालको एकिकरणको जग मानिने कास्की राज्यको स्थापना सगै गुप्तकाली माताको पुजा तान्त्रिक र बैदिक दुबै तरिकाले हुन्छ । यहाँ पुजा राष्ट्र संबृद्दीको कामनाको सकल्पले गरिन्छ र यहाँ घटस्थापना देखी पुजारी पण्डा र बानादारहरु १८ जना मन्दीर प्रवेश गर्दछन् । उनीहरु दशमी सम्म माथीनै बस्नु पर्ने हुन्छ । घरमा जान पाइदैन । बिधीवत घटख र घण्टको ध्वनीमा बाहिर नगरा र धोप हरु मालश्री,र।गमा बजाइन्छ । लास्थापना गँिरन्छ । भित्र तान्त्रीक वैदिक पुजा गरिन्छ । तान्त्रीक पुजा साथ सग्छ स्वर्गिय रमझम यहीनै छ । यस दिन शैलपुत्री भगबती को पुजा हुन्छ ।द्दितिया मा प्रात कालिन पुजा पाठ पछी मध्यान्नमा त्रिकाली पुजा हुन्छ ।सन्ध्यामा आरती बह्रम मुहुर्तमा नगरा लगाईन्छ ।यी कार्यक्रम नवरथा भर गरिने कार्यक्रम हुन भने द्दितियाका दिन चद्रदर्शन साथ जमरा राखिन्छ । ब्रहमचारीणी चद्रघण्टा कुश्माण्डा स्कन्धमाता कात्यायनी कालरात्री महागौरी सिद्दीदात्री कुमारीस्वरुप भगवतीहरु को पुजा शस्त्रीय बिधानअनुरुप दैनिक हुन्छ। एव रुपले चौथी पन्चमी दिनरातको चार प्रहर पुजाहुन्छ । षष्ठी पछी पुजा अली बढ्दै जान्छ । छैटौ दिनमा त्रिपाठी र ब्रकामली मगर बिल्बपत्र तथा फुलपाती लिनको लागी पोखरा रामघाट पुग्छन् ।वेल निमन्त्रण पछी बिहानै सप्तमीको दिनमा गंगा स्नानगरी बेल टिपी अरु नव पत्रिकाको संडकलन गरिन्छ । डोली लिनजानेमा त्रिपाठी अरुसग बोल्दछन् भने मगरहरु कसैसग बोल्दैनन् । त्याहाँ बाट फुलपाती को तयारी पुराभयपछी नबोली कास्की तिर लाग्दछन् ।


यता मन्दीरमा बिशेष कार्यक्रम हुन्छन् । पुजायथावत चलेका हुन्छन भने आज फुलपातीको बडाई हेर्न टाढा टाढा बाट मानिसको भिड जम्मा हुनथाल्छ । सप्तमीको दिन यहाका आप्नै मौलिक सयौबर्ष पुराना संस्कृती प्रचिन युध्दकौशल फुलपाती बडाईमा हेर्न पाईन्छ । सप्तमी अर्थात फुलपातीमा कुवँर
हरु आफ्ना पूर्बजहरु शेनापती हुदा देखीका ढाल तरवार लियर युवा प्रौढ सिकारु गरी तिन किसिमका खेलाडी प्राचिन शैनिक मौलामा आउछन् । तिरुवा सग हतियार साध लगायर माथी मन्दीरमा पुग्दछन् । दरबार कक्ष तिर कुवँर बस्दछन् । मन्दिरमा पुजा सकियपछि पण्डीत बाट कुबर हरुलाई वरुणी साथै हतियार पुजा पछी संख ध्वनी साथ नगरा लेपालकै ठुलो धोप र अन्यबाजा बज्दछन् । तान्त्रीक धुनमा सरुन खेल्न सुरु हुन्छ । कोट मन्दिरबाट फुलपाती बडाईका लागी अखडा पिच्छे ढाल तरबार खेल्दै अगाडी प्राचिन बाजा अनी सरुने पाँडा पुजारी भद्रभलादमी तथा भक्त जात्रा हेर्ने क्रमबद्द रुपले अखडाको खेल हेर्दै फूलपातीडोली बडाई गर्न कुलमण्डल पार्क धुपीचौर टुडीखेलमा आउदछन् । यस ठाउमा आयपछी सरुनेहरु आप्नो कौशल देखाउन थाल्छन् ।

लाग्छ यहाँ असुर देवीको लडाई भइरहेको छ । बडा रोमान्च लाग्छ । यता मालश्री गाउदछन् । मालश्री रागमा बाजा बजिरहन्छन् पुजारी पण्डा कर्ता कुलमण्डलका सन्तती ठकुरी कलसे तथा पछाडी भद्रभलादमी बस्दछन् । आदा सूर्य भित्र आधा बाहिर हुदा फूलपाती डोली आई पुग्छ । सरुनेले डोलीको बडाई तथा बैदिक बिधीले नवपत्रिका डोलीको पुजा गरिन्छ । अब भने हतारका साथ डोली मन्दीरमा पुन बाजा गाजा साथ भित्राउन लगिन्छ । रात भर नव पत्रिका पुजा गरिन्छ । अष्टमीको दिन भने दिनमा १८जना पण्डापुजारी नक्तभोजन वर्त गरिन्छ । रात परेपछि मात्र कालरात्री पुजा सुरु हुन्छ ।बिधीवत पुजा सकिदै गर्दा रातको मध्यान्नमा काल रात्रीको महावली अर्पण गरिन्छ ।होमादी पाठ हुन्छ । किम्बदन्ती अनुसार राज्य एकीकरण का समयमा यहाँ बाट हरेर लगेका काठमाण्डौमा बाजा कराय आफै बज्न थाल्ये त्यस पछी उडेर यतै आउन खोजेपछी बहादुर शहाका पालामा राष्टियकोष बाट पुजागर्नुभन्ने प्रमाडगी प्राप्त भयपछी यहाको पुजाराष्ट्रीयरुपमानै समाहित हुन पुगेको रहेछ ।

त्यस समय देखी राज्य सरकारले पुजा खर्च चलाउदै आयको छ । तर हाल आयर मात्र रु दश हजार जिल्ला कार्यालय बाट प्रात्त हन्छ जुन ठाउँमा डेढलाख खर्च बडा दशैमा हुन्छ । यस्तै नवमी राज्यको पुजा पछी जनताको पुजा बली पुजा पन्चबली गरिन्छ । भक्त टाडा टाडा बाट आउदछन् ।यसदिनको बलीको प्रसाद राज्य प्रमुख काहाँ पठाउने चलन छ । दशमीको दिन टिका जमरा भगवती लाई अर्पण गरे पछी टिका टाला गरिन्छ । बाजागजा सहित फुलपाती बाँसपानी कुण्डमा लगेर बिर्सजन गरिन्छ । हिन्दु धार्मालम्वीहरुको शक्ति   पिठका रुपमा गुप्तकालीका मातालाई लिइन्छ । गुप्तकालीकाको मन्दीर पुजा पाठ केवल कास्कीकोटमा मात्र हुने गर्छ । लोप उन्मुख कुँवर जातीको सरुङ खेल ढाल तरवारको लडाई सत्रौ शताव्धीका हात हतियार नेपालकै ठुलो धोप को संरक्षणमा राज्य स्तरवाट पनि संरक्षण गर्नुपर्ने वेला आएको छ अन्तमा ऐतिहासिक धार्मिक प्रयटकिय क्षेत्रमा पुरातात्विकमा चिज हरुमा अतिक्रमणको खतरा बडिरहेको छ । अत राष्ट्र जनप्रतिनिधी र सरोकारहरुको ध्यान जान जरुरी देखिन्छ । लेखक गुप्तकालीका काश्यप धार्मीक क्षेत्रविकास समितीका सचिव हुन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top