४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, २९ असोज l
कास्की  अपराध नियन्त्रणका लागि जागरण अभियान
जिल्ला प्रशासन कार्यालय कास्कीले सुरु गरेको अपराध नियन्त्रणका लागि सामाजिक जागरण अभियान अन्तर्गत यहि असोज २९ गते वृहत जनचेतनामुलक र्यारली सम्पन्न भएको छ । समाजमा भएका विकृती विसङगतीहरुको अन्त्य गरि आम नागरिकलाई सुसूचित बनाई अपराध रहित समाजको निर्माण गर्ने साथै यस्ता कार्यमा अन्य सरोकारवाला निकायहरुको समेत सहभागिता एवम् एक्यवद्धता जुटाउने उदेश्यले उक्त अभियानको थालनी गरिएको हो ।


लागूऔषध निषेध गरौ, मादक पदार्थ जुवातास नियन्त्रण गरौ, महिला हिंसा अन्त्य गरौँ साथै सवैखाले विकृति बिसङगती नियन्त्रण गर्न एकजुट होऔँ भन्ने नारा सहित नेपाल प्रहरी , सशस्त्र प्रहरी ,सामुदायिक प्रहरी सेवा केन्द्र ,आमा समुह, युवा क्लव तथा नागरिक समाज लगायतको उपस्थितीमा पोखराको सभागृह चोकदेखी सुरु भएको जनचेतनामुलक र्याली चिप्लेढुङगा हुदै मनावअधिकार चोकमा पुगि कोण सभामा परिणत भएको थियो । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतले समाजमा शान्ती तथा स्थायित्व कायम गर्न नेपाल प्रहरी र सरकारको गतिविधि मात्रै प्रयाप्त नहुने भएकाले विकृति विसङगतिको नियन्यत्रण र रोकथाम सवैको चासोको विषय हुनुपर्ने बताउनु भयो । त्यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर बुढाले उक्त अभियान अन्तर्गत कास्कीका विभिन्न स्थानमा विभिन्न मिति र समयमा थुप्रै जनचेतना अभिवृद्धीका कार्यक्रमहरु हुने बताउदै अभियानको सफलताको लागि सवै पक्षको साथ र सहयोग आवश्यक रहेको बताउनु भएको छ ।

नवलपरासी (पूर्व) ट्रकको ठक्करबाट १ जनाको मृत्यु
मिति २०७५/०६/२९ गते बिनयीत्रिबेणी गाउँपालिका १ बेस क्याम्प स्थित पूर्ब पश्चिम राजमार्गमा भैरहवाबाट पोखरा तर्फ जाँदै गरेको ग १ ख ४१६७ नं.को ट्रकले रोकी राखेको पराल बोकेको ना १ ख १४१ नं.को ट्रकलाई ठक्कर दिँदा ट्रकको मुनि पसी ट्रक मर्मत गर्दै गरेका सहचालक नवलपरासी (पूर्व)गैडाकोट ढोडेनि बस्ने २० वर्षीय धन बहादुर मगर र चालक गैडाकोट नगरपालिका-२ भृकुटिचोक बस्ने वर्ष २७ को बसन्त भुजेल घाईते भई उपचारको लागी भरतपुर तर्फ पठाईएकोमा उपचारको क्रममा सहचालक धन बहादुर मगर को मृत्यु भएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई ठक्कर दिने ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

तनहुँ  सवारी दुर्घटनामा १ जना घाइते
मिति २०७५/०६/२९ गते बन्दिपुर गाउँपालिका(१ नालामा डुम्रेबाट दमौली तर्फ आउँदै गरेको हालसम्म नम्बर नखुलेको मोटरसाईकलले सोहि स्थानका ६ वर्षीय दिपसन खत्रीलाई ठक्कर दिँदा घाईते भई उपचारको लागि चरक अस्पताल पोखरा पठाईएको छ ।घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

नवलपरासी(पूर्व) स् सवारी दुर्घटनामा १ जना घाइते
मिति २०७५/०६/२९ गते देवचुली नगरपालिका-१३ साहारा चोकमा पूर्वबाट पश्चिम तर्फ आईरहेका ना ४ च ५८२९ नं.को जिप, ना ४ ख ४३०६ नं.को ट्रक र ना ३ ख ४२०६ नं.को अर्को ट्रक एक-आपसमा ठोक्किदा ना ३ ख ४२०६ नं।को ट्रक चालक नवलपरासी९पश्चिम० बर्दघाट बर्दघाट नगरपालिका-१६ बस्ने का ३८ वर्षीय राजु अधिकारी घाइते भई उपचारको लागि पुरानो मेडिकल कलेज, चितवन पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई ठक्कर दिने जिप र ट्रक चालकलाई नियन्त्रणमा लिईएको छ ।

तनहुँ  सवारी दुर्घटनामा ७ जना घाइते
मिती २०७५/०६/१९ गते भिमाद नगरपालिका-५ राते पहरामा किहुँबाट भिमादतर्फ आउँदै गरेको ग २ च ८६८७ नं. को जिप सडकमा पल्टन जाँदा उक्त जिपमा सवार चालक सहित ८ जना मध्य हालसम्म नाम,थर ,वतन नखुलेका ७ जना घाइते भई उपचारको लागी स्थानिय अस्पतालमा पठाईएको छ । घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भईरहेको छ ।

मिती स् २०७५/०६/२९ गते  प्रहरी नायव उपरीक्षक
( गोविन्द पुरी )

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top