अनुपमको शुभकामना आदानप्रदान

पोखरा, २९ असोज  । अनुपम म्युजिक पोखराले दसैं र तिहारको अवसरमा सोमबार शुभकामना आदानप्रदान गरेको छ । अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीकले अभिव्यक्तिकला मानव जीवनका लागि महत्त्वपूर्ण कुरा भएको बताए । बोल्दा वा लेख्दा भाषाको सही ढङ्गले प्रयोग गर्नुपर्नेमा प्रतीकको जोड थियो ।

अध्यक्ष अधिकारीले अनुपमले त्रिवेणी सङ्गीतालय र पोखरा कला केन्द्रसँग मिलेर कला, सङ्गीत, उद्घोषण कलाको तालिम सन्चालन गर्ने योजना बनाएको जानकारी दिए । कार्यक्रममा स्वतन्त्र पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले पर्वहरुलाई मितव्ययी बनाउन आग्रह गरे । कार्यक्रममा श्यामशुक्ला फिल्म प्रोडक्सनका प्रबन्ध निर्देशक घनश्याम लामिछाने, त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बराल, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, गायक इन्दुराज अधिकारीले शुभकामना दिएका थिए ।

सो अवसरमा अनुपम म्युजिकद्वारा सन्चालित १३१ औं उद्घोषण तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण पनि गरिएको थियो । प्रशिक्षार्थी ओमबहादुर बोगटीले विद्यालय र क्याम्पस स्तरमा लिएको १६ वर्षे शिक्षाभन्दा पनि एक महिने उद्घोषण तालिम प्रभावकारी भएको बताए । कार्यक्रममा प्रशिक्षार्थीहरु माधवप्रसाद बाँस्तोला, निरु कटुवाल, सम्झना पोखरेल, इन्दिरा पौडेललगायतले बोलेका थिए । प्रशिक्षार्थी ईशु श्रेष्ठको सन्चालनमा भएको कार्यक्रममा सहसचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top