कास्कीका शुभाग्य श्रेष्ठलाई स्वर्ण

पोखरा, २६ असोज l  कास्की जिल्लामा पौडी खेलको विकास र विस्तार गर्ने उद्धेश्यले कास्की जिल्लाका खेलाडीहरुको विच मात्र गरिएको प्रतिस्पर्धाको यु १७ २५ मिटर फ्रिस्टायलमा शुभाग्य श्रेष्ठले स्वर्ण पाए । उनले १८.३१ सेकेन्डमा पुरा गरे । दोश्रो स्थानमा सुद्धत बुद्धाचार्यले रजत र संकल्प दाहालले कास्य पाए । महिला तर्फ अरुवी तामाङ्गले १९.७५ सेकेन्डमा साथ स्वर्ण पाए । जुमना थापाले रजत र जेलिशा गुरुङ्गले कास्य पाए । यु १४ को ब्वाईज तर्फ बिदित पौडेलले १७.२८ सेकेन्डका साथ स्वर्ण पाए । प्रियश गुरुङ्गले रजत र नियोग छन्त्यालले कास्य पाए । गल्र्स तर्फ बिरंगना खत्रीले २३.३४ सेकेन्डका साथ स्वर्ण पाईन् । दोश्रो स्थानमा सविना कार्की र अंकिता क्षेत्रीले कास्य पाईन् । यु १२ ब्वाईज तर्फ सिवन श्रेष्ठले स्वर्ण, उज्वल श्रेष्ठले रजत र समिप श्रेष्ठले कास्य पाए । यु १० गल्र्स तर्फ औश्री पहरीले स्वर्ण, स्मारिका गिरीले रजत र प्रेरणा शर्माले कास्य पाए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top