ढोका बाट छिर्न गार्हो भाको मान्छे झ्यालबाट कसरी छिरौला

२६  असोज l

” बामदेब ”
म त छक्कै परे
अगमक्कै परे
के के देख्न पर्छ कुन्नी
मेसोमेलो केही भएन।
हारे पछि एकपल्ट ओलम्पिकमा खेलाडीले
चार बर्ष कुरेझै लाऊथ्यो।
ए बैकुन्ण दाई दिपक दाई भन्देउ न हो
हाम्रा नेतालाई मेसोमेलो छैन जस्तो छ
सिकाईदेउ न हो हाम्रा नेतालाई ।

एकपल्ट जनताले हराई सकेर
धोकै फेरीदिए पछि
जे भाको सम्पत्ति थियो खाई नबसेर
फेरी किन हो जागेको
जनताको साथ नभाको मान्छेलाई जित्छु झै लागेको
म त छक्कै परे तिनको चालामाला देखेर ।

कुर्चीको मोह कति हो
जिति पो के नै नापलान र
जनताको विश्वस नै जित्न नसकेको मान्छेले
शक्ति नै सबथोक ठानेर कुर्ची को मोह देखाइ
के पो गर्न खोजेको आफै हार लेखाई।

पहिले आफ्नै ठाउ बाट
आफ्नै गाउँ नजितेको मान्छे
जनता नँया ठाउ नँया
ढोका बाट छिर्न गार्हो भाको मान्छे
झ्याल बाट कसरी छिरौला

तै पनि शुभकामना नेता ज्यु
तिम्रो यो कदमले जनताको विवेक जाँचिन्छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top