नेपाल भारत मैत्रीसमाज पोखरामा कम्प्यूटर प्रशिक्षणको उद्घाटन

कास्की, २५ असोज l  नेपाल भारत मैत्री समाज पोखरा शाखामा आज कम्प्यूटर प्रशिक्षण केन्द्रको उद्धघाटन कार्य सम्पन्न भयो । नेपाल भारत मैत्री समाज नेपालका केन्द्रिय अध्यक्ष प्रेम लस्करी ले एक कार्यक्रमका बिच सो उद्धघाटन गर्नुभएको थियो ।

नेपाल भारत मैत्री समाज पोखरा शाखाले संचालन गरेको सो कार्यक्रममा नेपाल भारत मैत्री समाज पोखराका संरक्षक तथा सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुड.को बिशेष पहलकदमीमा पोखरा शाखालाई ३ थान कम्प्यूटर केन्द्रले उपलब्ध गराइएको थियो ।

पोखरा २९ स्थित भण्डारढीकमा अवस्थीत नेपाल भारत मैत्री समाज पोखराको कार्यालयमा आज उद्घाटन गरिएका कम्प्यूटर नेपाल भारत मैत्री समाज पोखराको लाईवेरी कक्षमा राखिएको छ । सो कक्षबाट बिधार्थी लगायत सवैले अध्ययन गर्न र सिक्न सक्ने बातावरण मिलाईएको संस्थाका अध्यक्ष क्या . धन बहादुर गुरुड.ले बताउनु भयो ।

कार्यक्रम सुरुहुनुपुर्व कन्द्रियअध्यक्ष लस्करीले नजिकै रहेको गुम्वा लगायत भारतीय दुतावासले निमार्ण गरिदिएको खानेपानी टयाड.की र संयूक्त गोर्खा भूपु सैनिक क्लबको कार्यालयको अवलोकन गर्नुभएको थियो ।

स्थानियहरुले आफुहरुले उपयोग गर्दै आएको खानेपानी जनसंख्या बृद्धि हुनाका कारण अपुग साथै खानेपानी टयाड.की सानो हुदै गएको कुरा दशाउर्दै सहयोगको लागि समेत अनुरोध गरेका थिए । नेपाल भारत मैत्री समाज गण्डकी प्रदेशका अध्यक्ष तथा सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुड.ले हामी संग आत्म दृढता र आत्म बिश्वास हुन सक्यो भने हामीले जे काम पनि सहज रुपमा गर्न सकिने बताउनुभयो ।

उहाले भारतिय सेनाबाट निबृत भएका सैनिकका छोरा छोरीहरुले बिभिन्न शिर्षकहरुमा भारमा छात्रबृती पाउनुपर्ने कुरामा जोड दिनु भएको थियो । साथै एक अलग प्रसंगमा उहाले हामीले दिन प्रतिदिन बिषादी युक्त खाना खाईरहेको प्रसंग उल्लेख गर्दै आफ्नै बाझो बारिमा मिहेनत गरेर उत्पादन गरेका चिज बस्तु प्रयोग गर्नु पर्ने बताउनु भयो ।

साथै प्रमुख लस्करीले हामीले हजूरहरुको समस्याको बारेमा हजूरहरुले प्रकृया पुरा गर्नुहोस बाकी कुराको कहा कहा के के गर्नु पर्नेहो हामी सहयोग गर्न तयार छौ भन्ने बताउनु भयो । हजूरहरुको हरेक कुरामा साथ दिने बताउदै पहिला हजूरहरुले प्रकृया पुरा गर्न अनुरोध गर्नुभएको थियो । यसैगरि केन्दिय अध्यक्ष लस्करीले जिल्ला शाखालाई रु ४७ हजार रुपैया सहयोग समेत हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल भारत मैत्री समाजको तर्फ बाट प्रगतीचोक आमा समूह रिठेपानी लाई २ वटा टेन्ट २ थान कम्बल , घान्द्रूक आरवैथर आमा समाज लाई २ थान टेन्ट , घान्दू्रक तल्लो गाउ आमा समाज घान्दु्रकलाई २ थान टेन्ट, नागरिक समाज घान्दु्रकलाई १ थान टेन्ट र ३ थान कम्बल यसैगरि घान्दू्रक छम्रुड.ग आमा समाजलाई २ थान टेन्ट , सैनिक बस्ती ग्रुप १ तमु समाजलाई १ थान टेन्ट र २ थान कम्बल ,मिलनसार तमुसमाज लाई १ थान टेन्ट र २ थान कम्बल र नेपाल भारत मैत्री समाज पोखरा शाखालाई १ थान टेन्ट र ४ थान कम्बल संस्थाका अध्यक्ष प्रेम लस्करी र प्रदेश अध्यक्ष तथा सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुड.ले प्रदान प्रदान गर्नुभएको थियो ।

कार्यक्रमा स्वागत मन्तव्य उपाध्यक्ष प्राचार्य मान बहादुर गुरुड.ग ले गर्नुभएको थियो भने अध्यक्ष क्या.धन बहादुर गुरुड., चेत बहादुर गुरुड.ग , जंग बहादुर गुरुड. लगायत ले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम नेपाल भारत मैत्री समाज पोखराका अध्यक्ष क्या.धन बहादुर गुरुड.को अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन महासचिव मेजर राम प्रसाद गुरुड.ग ले गर्नुभएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top