४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

पोखरा, २५ असोज l 

स्याङ्जा  सवारी दुर्घटनामा ७ जना घाईते
मिति २०७५/०६/२५ गते जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका-११ बगालेथोकमा पोखराबाट सुनौलीतर्फ जाँदै गरेको लु १ ख ४८७७ नं.को बसको टाईरेट(चक्का घुमाउने डण्डी )फुस्कीएर दुर्घटना हुँदा बसमा सवार १२ जना घाईते भएका छन् । घटनास्थलमा तत्कालै प्रहरी टोलि खटि गई घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा पठाईएको छ भने गम्भिर घाईते ३ जनालाई गण्डकी अस्पताल पोखरा रीफर गरिएको छ । प्रहरीले बस चालकलाई भने नियन्त्रणमा लिएको छ ।

म्याग्दी  सवारी दुर्घटना
मिति २०७५र०६र२५ गते अन्दाजी १२/२० बजेको समयमा जिल्ला म्याग्दी बेनी नगरपालिका-९ जलेश्वर भन्ने स्थानमा पोखराबाट जोमसोम तर्फ जाँदै गरेको बा ४१ प ३६८ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई सडकबाट अन्दाजी १० मिटर तल खस्दा चालक अस्ट्रेलियन नागरिक वर्ष ५५ की ROBERTS NOBELE SUZAME MARIE P.NO-37731489 भएकी (महिला) घाईते भई जिल्ला अस्पताल म्याग्दीमा उपचार भईरहेको छ । उक्त स्थानमा प्रहरी टोली खटि गएको छ ।

मुस्तांङस् हाई लागी भारतीय महिलाको मृत्यु
मिति २०७५/०६/२५ गते अन्दाजी ०९:०० बजेको समयमा जिल्ला मुस्ताङ वारागुङ मुक्तिक्षेत्र गाउपालिका वडा नम्बर १ स्थित जिल्ला कर्नाटक बेङलोर भारत बस्ने वर्ष ६२ कि यसोदा व्रामणयम मुक्तिनाथको दर्शन गर्ने क्रममा हाई लागि ढलि अचेत अवस्थामा उपचारको लागि जिल्ला अस्पताल जोमसोम मुस्ताङ ल्याएकोमा मिति २०७५/०६/२५ गते १०:३० बजे उपचारको क्रममा मृत्यु भएको छ ।

मिती स् २०७५/०६/२५ गते । प्रहरी नायव उपरीक्षक
(गोविन्द पुरी )

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top