रोटरी क्लब अफ इन्टरनेसनलले कुसुन्डेमा खानेपानी योजना निर्माण

पोखरा, २५ असोज l   रोटरी क्लब अफ इन्टरनेसनलले भरपोखरी कुसुन्डेमा खानेपानी योजना निर्माण गरेको छ । पर्यटन  तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्दै रोटरीले ग्रामीण क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्दै आफू सहकार्य गर्न तयार रहेको बताएका छन् । ५३ लाख रुपैयाँको लागतमा निर्माण योजनाबाट पोखरा ३३ भरपोखरीका २ सय ३२ घरधुरी लाभान्वित बनेको रोटरी क्लबका डिस्ट्रिक्ट गर्भनर किरणलाल श्रेष्ठले जानकारी दिएका हुन् l

रोटरी इन्टरनेसनल अन्तर्गत रोटरी क्लब अफ लेखनाथ र रोटरी क्लब अफ न्यु ट्याम्पानुन ६८९० युएसएको संयुक्त लगानी र स्थानीय जनसहभागितामा भएको परियोजनालाई दीगो बनाउन स्थानीयलाई अनुरोध गरिएको छ । कार्यक्रममा मन्त्री अधिकारीले आधारभूत व्यसायिक तालिम र विकासका लागि रोटरीसँग सहकार्य गरी संसदीय कोषबाट ५० लाख प्रदान गर्न आफू इच्छुक भएको बताएका छन् । कार्यक्रममा रोटरी क्लब अफ न्यु ट्याम्पानुनका लिसाहाइकी, आरआई प्रोग्राम चियर केशवप्रसाद आचार्य, खानेपानी आयोजनाका संयोजक विश्व कर्माचार्य, समाजसेवी यज्ञप्रसाद आचार्य, रोटरी क्लब अफ लेखनाथका अध्यक्ष विश्वमणि भण्डारी लगायतले बोलेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top