राईनासमा वृहत साहित्यिक कार्यक्रम हुने

पोखरा,  २५ असोज l लमजुङ्गको राईनासमा बिजया दशमी तथा बिभिन्न चाडपर्बको अबसरमा बृहत साहित्यीक कार्यक्रमको आयोजना हुने भएको छ ।
नेपाल पर्यटन बोर्डको बर्ष गन्तब्यमा परेपछि राईनासलाई पर्यटकिय केन्द्रको रुपमा बिकास गराउन राईनासका साहित्यीक तथा सामाजिक क्षेत्रका युवाहरुले असोज २९ गते कार्यक्रमको आयोजना गरेका हुन । राईनास नगरपालिकाको सहयोग तथा समन्वयमा आयोजित कार्यक्रममा बर्ष गन्तब्यको बारेमा पनि परिचर्चा गरीने कार्यक्रमका संयोजक मात्रिका खनालले जानकारी दिए । पर्यटन र कृषिको संभावना बोकेको राईनासलाई बिभिन्न गतिबधिका माध्यमबाट चर्चामा ल्याउने र बिकासमा अगाडी बढाउने सोचका साथ कार्यक्रम गर्न लागिएको आयोजक समितिका सदस्य दिनेश चन्द्र पन्थीले जानकारी दिए ।


कार्यक्रममा राईनासको बारेमा साहित्यीक रचना बाचन हुनेछ । पर्यटन बोर्डको बर्ष गन्तब्यमा परेपछि आगामी दिनमा राईनास होमस्टे लाई कसरी अगाडी बढाउने भन्ने बिषयमा गाऊ पर्यटन प्रबद्धन मञ्चका गण्डकी प्रदेशका सस्थापक अध्यक्ष तारानाथ पहारीले जानकारी गराउने कार्यक्रम तय भएको छ । गण्डकी प्रदेशका प्रदेश सदस्य माननिय धनन्जय दवाडीको प्रमुख आतित्यतामा हुने कार्यक्रमको तयारी भैरहेको आयोजकले जानकारी दिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top