विश्व हिन्दु युवा समिति कास्कीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

पोखरा, २५ असोज l  विश्व हिन्दु महासघं जिल्ला युवा समिति कास्कीको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विश्व हिन्दु महासघं कास्कीका अध्यक्ष शंकर खरालले देशको नेतृत्व कुनै पार्टीले नभई सस्कार सस्कृती र सहि आचरण भएका युवाले गर्नु पर्ने अवस्था आएकाले युवा पङत्ति मर्यादित र एकताबद्ध भएर आफ्नो देशको राष्ट्रियता र धर्म रक्षाका लागि लाग्नु पर्ने बताउनु भयो । विश्व हिन्दु महासघं पोखरा महानगरका अध्यक्ष अशिल कुमार शाहिले आध्यात्मलाई शासन सगं नजोडेसम्म देशमा सुशाषनको परिकल्पना गर्न नसकिने बताउदै युवाको जोस जागँरले देशले निकास पाओस् भन्ने शुभकामना ब्यक्त गनुभयो । सनातन धर्म सेवा समिति कास्की अध्यक्ष रबिन्द्र मकाजुले सनातन धर्म भित्रका रितिरिवाज र चाडपर्वलाई मितवय बनाउनु पर्ने बताउनु भयो । कार्यक्रममा सामाजिक जागरणका लागि नारी अभियानका सयोजक सुस्मा पौडेल , गुप्तेश्वर महादेव मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेल, पुम्दीकोट धार्मिक विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल , विश्व हिन्दु महासघं नगर महिला अध्यक्ष मेनुका बराल लगाएतले आ आफ्नो मन्तब्य राखेका थिए । उक्त कार्यक्रममा रबिन्द्र मकाजुद्वारा लिखित पुस्तक ‘गुप्तेश्वर महादेव गुफा’ को बिमोचन समेत गरिएको थियो । विश्व हिन्दु महासघं जिल्ला युवा समिति कास्कीका अध्यक्ष युवक लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको स्वागत समितिका उपाध्यक्ष मधु अधिकारी र सन्चालन सह सचिब कमल पौडेलले गर्न भएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top