डायमण्ड विजयी

लेखनाथ, २५ असोज l  नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा शिक्षकहरुमा पनि शुभकामना आदान प्रदान सँगै भाईचाराको विकाश होस् भन्ने हेतुले आयोजना गरेको फुटबल खेलमा डायमण्ड मा.वि. ले ज्ञान ज्योती विद्या कुञ्ज लाई ४ – ३ गोल अन्त्तरले हराएको छ । खेलकुदको मार्फत शुभकामना आदन प्रदान गर्ने हेतुले खेलियको खेल लेखनाथको भण्डारढिक खेल मैदानमा सम्पन्न भएको थियो । निकैनै रोमान्चक रहेको खेल आगामि दिनमा पनि अवसर मिलाएर खेलिने बताईएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top