तनहुँमा प्रहरी दिवसको अवसरमा रक्तदान

दमौली, २४ असोज l  ६३ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँले मंगलबार रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । प्रहरी दिवसको अवसरमा बुधबार दमौलीमा ‘लागुऔषध र महिला हिंसाविरुद्ध  साथसाथै हिँडौं’ नारा साथ रयाली र अन्तक्र्रिया
गर्ने तनहुँ प्रहरीले जनाएको छ । रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले समाजको सुरक्षा र सामाजिक सेवामा प्रहरीको सहभागिता सकारात्मक कदम भएको बताएका छन् ।

दुर्घटनामा परेको समयमा बेला–बेलामा प्रहरीले पनि रक्तदान गरेर धेरै व्यक्तिको ज्यान जोगाएको उदाहरण भएको बताउँदै रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नहुनेमा जोड दिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top