लेकसाइडमा बिदेशी नागरिकको छुरा प्रहारबाट शिव श्रेष्ठ, छुरा हान्ने पक्राउ

पोखरा, २४ असोज l लेकसाइडमा अस्ट्रियाली नागरिकको छुरा प्रहारबाट लेकसाइडका शिव श्रेष्ठ घाइते भएका छन् । युरोपेली मुलुक अस्ट्रियाका इडर डोमिनिकले छुरा हान्दा पोखराका शिव श्रेष्ठ घाइते भएको वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिएका छन्


श्रेष्ठलाई उपचारका लागि चरक अस्पतालमा राखिएको छ । श्रेष्ठको पेट, कोखा र कुइनोमा गरी ३ ठाउँमा छुरा प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । अस्पतालको  सघन कक्षमा उपचारत श्रेष्ठ गम्भीर अवस्थामा छन् । प्रहरीका अनुसार ती अस्ट्रियाली नागरिकको कागजात हेर्दा ३ थरी नाम भेटिएको छ । उनको नाम राहदानीमा इटर डोमिनिक छ भने मेडिकल रिपोर्टमा स्टेफेन लीआएस र परिचयपत्रमा लेफाइज डेबिउ छ । प्रहरीले राहादानीमा रहेको
नाम इडर डोमिनिकलाई आधिकारिक मानेर अनुसन्धान अगाडि बढाएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top