बामदेबको बुद्दि, बिबेक र पार्टी एकिकरणको नाली बेली

२४ असोज l   बामदेव गौतमलाई सांसद बनाउनका लागी काठमान्डौ क्षेत्र नम्बर ७ बाट नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट बिजयी सांसद रामबिर मानन्धरले राजिनामा गर्ने कुरा जनमानसलाइ त्यती उपयुक्त र न्याय संगत लागेन । त्यस कारण यसको सामाजिक संजालमा चर्को बिरोध भैरहेको छ । बिरोध हुनु स्वभाबिक पनि हो, कीन भने जनताले रामबिर मानन्धरलाइ ५ बर्षका लागी चुनेका हुन्, त्यशैले कसैका लागी बिना कारण राजिनामा गरेर पन्छिनु उपयुक्त हुदै होइन । प्रभाब साली नेतालाइ ठाउ छोडे बापत भबिश्यमा मन्त्रि वा त्यस्तै ठुलो पद पाहिने आशा भए पनि यो कदम देस र जनताका लागी धोका नै हो । कानुनत् राजिनामा गर्न पाहिने नियम आफ्नो ठाउमा ठिक होला, तर के कारण राजिनामा गरियो भन्ने कुराले चाँही ठुलो अर्थ राख्दछ । यदी भ्रस्टचार, ज्यानमारा वा त्यस्तै प्रकारको अभियोग लाग्यो भने, अथवा स्वास्थ्यले साथ् दिएन भने मात्र राजिनामा गर्दा उपयुक्त हुन्छ ।  तर कसैलाई जिताउन कै लागी राजिनामा गर्नु त् केवल जग हसाउने काम मात्र भयो । आयन्दा संसद उठ्ने व्यक्ति कम्तिमा ५ बर्ष सारारिक र मानसिक रुपले काम गर्न सक्ने खालको छान्न राजनीतिक पार्टीहरुलाइ अनुरोध छ । कुनै सांसदको मृतु भएर पद खाली भएको अवस्थामा मात्र उपचुनाब गर्नु उपयुक्त र न्याय संगत हुन्छ । प्रक्रिया मिलाएर मिलिजुली सत्तामा पुग्ने कुराले प्रजात्रन्त्र र लोकतन्त्रको धज्जी उडायो ।

कसैलाई सांसद पद चाहियो भंदैमा जनताले तिरेको कर वा राष्ट्रराको     ढुकुटी ख़र्च गरेर जती बेला पनी चुनाव गर्ने कुरालाई जनताले के आधारमा उपयुक्त मान्ने    राष्ट्ररलाई करोडौ घाटा हुने गरी बेला न कुबेला चुनाब गर्ने कुरा पट्टक्कै मिलेन । यसरी चुनाब गर्दा जन आक्रोस स्वत बढ्नेछ, अत जनताले बामदेबलाइ हराउन पनि सक्छन, तर केहि गरि चुनाब जितेमा पनि त्यसले जनता माझ राम्रो   सन्देश   जादैन । केहि बर्स अगाडी तत्कालीन गृह मन्त्री बामदेब गौतमले तत्कालिन यस यस पी रमेश खरेललाई काठमाँडौको प्रहरी प्रमुख बाट हटाउदा ठुलो जन बिरोध भएको थियो । फल स्वरुप त्यो बेला काठमाँडौमा भएको उपचुनावमा एमालेले काठमान्डौ बाट हारेको थियो । त्यसैले    यो त गलत समयमा गलत निर्णय भयो । यसले बामदेब गौतमको पनि बदनाम हुंछ अनी पार्टीको पनी बदनाम हुन्छ । सांसद रामबिर मानन्धरले बि बि सी संगको एक इन्टरभ्युमा पार्टीले चाहे राजिनामा गर्न तयार छु भन्नु भयो । तर यँहालाइ मेरो प्रश्न, हजुरलाइ जिताएको पार्टीले कि काठमान्डौ सातका जनताले रु त्यशैले पार्टीको निर्देसन अनुसार चल्ने कि काठमान्डौ सातका जनताको भावना अनुसार चल्ने रु रामबिर मानन्धरले इन्टरभ्युमा राजिनामाको कारण भने देश बिकासका लागी हो भने । तर यसले देसको बिकास होइन बामदेवको र रामबिरको मात्र बिकास हुनेछ ।

यदी बामदेब संसदमा हुदैमा देश बिकास हुने भए यो भन्दा पहिले पनि धेरै चोटी बामदेब संसदमा थिए, साथै मन्त्रि र उपप्रधानमन्त्रि समेत थिए, तर खै त् देश  बिकास भएको र पार्टीको जिम्मेबार र प्रभावशालि   व्यक्ति देश र जनताको लागी काम गर्न सरकारमै जानु पर्छ र  पार्टी मै बसेर पनि  त सरकार संचालनका लागी सहयोग र योगदान गर्न सकिन्छ । यो देशमा देशबिकास गर्न सक्ने नेता बामदेब गौतम मात्रै हो  शारीरिक  र मानसिक रुपले सक्षम अनि जोस, जाँगर र जवानी हुदा गर्न नसकेको बिकास बामदेब ज्यु अब कसरि गर्नु हुन्छ र सरकारमा जानु त  धेरै परको कुरा, बामदेब लगाएत धेरै नेताहरु उमेरका कारणले अब पार्टीमा बस्न समेत उपयुक्त छैनन । इमान्दार, भिजन भएका, बिज्ञ र सक्षम युवा पुस्तालाइ नेतृत्व हस्तान्तरण गरेर पार्टी बाहिर रहेर अबिभाबकको भूमिका निर्बाह गर्ने उमेरमा पनि अझै संसद बन्ने रहर गर्नु युक्ति संगत भएन ।

बामदेब गौतमले पार्टी एकीकरणमा महत्व पूर्ण भूमिका निर्बाह गरेका छन्, तर त्यस बापत बामदेब गौतमलाइ सांसद पद पुरुस्कारका रुपमा दिन मिल्दैन । मदन भण्डारीले भने झैँ मैले यति बर्ष पार्टीमा योगदान गरे  त्यसैले अब मलाइ यो पद दिनै पर्छ भन्नु पुरस्कार वितरण समारोह जस्तै हो । त्यशैले एदी सांचिकै देश बिकास गर्ने हो भने राजनीतिक पद योगदानका आधारमा होइन योग्यताका आधारमा मात्र दिइनु पर्दछ ।

करिब १५ र १६ बर्ष अगाडी बामदेब गौतम गृहमन्त्रि हुदा एमालेले स्थानीय निर्बाचनमा करिब दुइ तिहाइ सिट ल्याएको कुरा पनि बिर्सनुहुदैन । अर्को एउटा घटना, मनोमोहन अधिकारि जीवित छदा एमालेले बहुमत ल्याएर पांच बर्ष स्थिर सरकार चलाउने स्थिति थीयो । तर बाम देब गौतमले गिरिजा र खुम बहादुर खडकाको प्रभाबमा परेर ४० सांसद लिएर पार्टी फुटाए । फल स्वरुप एमालेले बहुमतको सरकार बनाउने ठुलो अबसर गुमायो । एक इन्टरभ्युमा खुम बहादुर खड्काले गिरिजाको निदेशनमा बामदेबलाइ पार्टी फुटाउन मनाउने मै हो भनेर भनेका थिए । यो घटनाले गर्दा स्थिर सरकार बन्न बाट रोकेर  देश  बिकासमा ठुलो घाटा भएको थीयो, पछि ४० सिट लिएर फुटेको बामदेब नेतृत्वको पार्टीले एक सिट पनि जित्न नसके पछि बाध्य भएर पार्टी एकीकरणका नाममा उनि एमालेमै फर्किन बाध्य भएका थीए ।

त्यस कारण बामदेबले एक चोटी पार्टी फुटाए, एक चोटी पार्टी जोडाए, त्यसैले हिसाब बराबर । मनोमोहन अधिकारिका पालामा बामदेबले एक सिट पनि जित्न नसके पछि पुन एमालेमा फर्के जस्तै, मावोबादी पनि चुनाबमा पतन हुने भए पछि एमाले संग मिल्न बाध्य भएको हो । कीन भने स्थानीय निर्बाचनमा मावोबादीको काठमान्डौ मै धरौटी जफत भएको थीयो । त्यसो हुनाले पार्टी एकीकरण गरेर सत्तामा ५ बर्ष टिकुन भनेर नेपाली जनताले बाम गठबन्धनलाई दुइ तिहाइ मतले जिताएका होइनन, स्थिर सरकार बन्ला र देश बिकास होला भनेर मात्र जिताएका हुन्, त्यसैले  देश   बिकास नभए पार्टी एकीकरणको के अर्थ र राष्टिय सभामा मनोनित गरेर पनि त बामदेब गौतमलाइ मन्त्रि बनाउन सकिन्थ्यो होला, तर भित्रि कुरा सायद केपी ओली पछि प्रधानमन्त्रिका रुपमा बामदेबलाइ तयार पार्न खोजिएको हो कि भन्ने अनुमान बुद्दिजीबी बर्गले लगाएका छन् ।

कीन भने २ बर्ष सम्म सरकार बिरुद्ध अबिस्वाशको प्रस्ताब ल्याउन पाइदैन, तर २ बर्ष पुगे पछि बिगतमा झैँ प्रचण्डले भारतको प्रभाबमा केपी बिरुद्ध मोर्चा खोले भने केपीको बिकल्पका रुपमा बामदेब गौतमलाइ संसदमा लान खोजिएको हुनु पर्दछ । कारण जे भए पनि चुनाब हारेको व्यक्तिलाई फेरी घुमाइ फिराइ सत्तामा पुर्याउनु ठिक भएन । बास्तबिक रुपले भन्ने हो भने धेरै नेताहरुको सरकारमा जाने उमेर होइन, पार्टी समेत छोडेर आराम गर्ने उमेर हो । अब त् युवाहरुलाई देस बिकासको जिम्मा दिनु पर्दछ, देश बिकासमा योगदान गर्ने नै हो भने यहि नै उपयुक्त र अन्तिम बिकल्प हो ।
मीन बहादुर पण्डित

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top