लमजुङ पोखरा सम्पर्क समितिमा रानाभाट

पोखरा,  २२   असोज ।   लमजुङ – पोखरा सम्पर्क समितिको अध्यक्षमा चम्पादेबि रानाभाट र्निबाचित भएकी छन । पोखरामा सम्पन्न १५ औ अधिबेशनबाट रानाभाट अध्यक्षमा र्निबाचित भएकी हुन ।  लमजुङ पोखरा पोखरा आई बसोबास गरेका बिभिन्न क्षेत्रका लमजुगबासीहरुको छाता संगठनको रुपमा रहेको सम्पर्क समितिको प्रथम उपाध्यक्षमा बिपिन अधिकारी, द्धितिय उपाध्यक्षमा कृष्ण गिरी , तृतिय उपाध्यक्षमा इश्वर चिलुवाल र्निबाचित भएका छन । समितिको सचिवमा माधब पनेरु, सह – सचिवमा पवनराज बसौला, कोषाध्यक्षमा लिला बहादुर गुरुङ, सदस्यहरुमा मञ्जु गुरुङ, तारा खत्रि, पस बहादुर गुरुङ ,अनिल श्रेष्ठ, बलराम लामिछाने,संझना अधिकारी रहेका छन ।


अधिबेशनको उदघाटन गर्दे गण्डकी प्रदेशका प्रदेश सभा सदस्य मायानाथ अधिकारीले सामाजिक भावनाको बिकास गराउन यस्ता सम्पर्क समितिको अहम भुमिका हुने बताए । सम्पर्क समितिले आफ्नो मातृभुमि र बसाईसराई समस्या समाधानका लागि पनि सहयोग गर्ने बताए । अब यस्ता समितिहरुले ग्रामिण बिकासका लागि पनि काम गर्नुपर्ने उनको भनाई थियो ।

समितिका सस्थापक अध्यक्ष भुपनिधि पन्तले आफुले पबित्र उद्धेश्य राखेर स्थापना गरेको समितिले २५ बर्ष पार गरेकोमा गर्व लागेको बताए । सो अबस्थामा समिति गठनको लागि सहयोग गर्ने तदर्थ समिति, तत्कालिन अबस्थाका सदस्यहरु लाई बिषेश स्मरण गरेको उनको भनाई थियो । कार्यक्रममा लमजुङ– पोखरा बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष ऋसिराम चिलुवाल, समितिका पुर्ब अध्यक्षहरु सुर्य प्रसाद बराल, गजेन्द्रमान श्रेष्ठ, गोपाल सेढाई लगायतले बोलेका थिए ।

कार्यक्रममा सस्थाका अध्यक्ष दिपक घिमिरेले बार्षिक, सचिव इश्वर चिलुवालले सांगठनिक र कोषाध्यक्ष लिला बहादुर गुरुङले आर्थिक प्रतिबेदन पेश गरेका थिए । नवर्निबाचित अध्यक्ष चम्पादेवि रानाभाटले जन्मथलोको बिकास, संबृद्धि र भाईचारा कायम गर्नको लागि समिति निरन्तर कृयाशिल भैरहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top