बिहे गर्ने प्रलोभनमा बन्धक बनाएर यौन शोषण

डोटी, १७ असोज l  डोटीको जोरायल गाउँपालिकाका २६ वर्षीय लोकबहादुर किकले गाउँकै १६ वर्षीया किशोरीलाई बिहे गर्ने प्रलोभन देखाउँदै सातदिनसम्म बन्धक बनाएर यौन शोषण गरेका छन् । किशोरीको यौन शोषण गर्ने बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिकले कैलालीको बगैचुल्लास्थित आफन्तको घरमा लगेर किशोरीको यौन शोषण गरेका हुन्। आफन्तको उजुरीको आधारमा बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।  स्थानीयले दोषीलाई हदै सम्मको कारवाही गर्न प्रहरीसँग आग्रह गरेका छन् ।

पछिल्लो समय नेपालमा भईरहेको बलात्कार तथा यौनिक हिंसाका घटना बढ्दै गएको छ । यस्ता घटनाहरु बढ्दै जाँदा दोषी पहिचान गरी कारवाही हुन नसकेको भन्दै स्थानीय प्रहरी प्रशासनदेखि सरकारको समेत व्यापक आलोचना भइरहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top