यसपालि सरकार चुक्यो भने जनता माफ गर्नेछैनन्

पोखरा, १७ असोज l   महिला आफैमा एउटा शक्तिशालि शब्द हो। तर आज भोली मनमा उब्जिएका अनेकों कुराहरु को समिक्षा गर्दा र देशमा पछिल्लो समय भएका घटनाक्रम ले मन बद्लिएको भान भएको छ। त्यो शक्तिशाली शब्द को अस्तित्व कतै हराएको त हैन हो यिनै प्रशन हरु पलाएका छन् मनमा दिनौ घटेका बलात्कार का घटनाले हत्या का घटनाले।


देशले फड्को त मार्यो होला हो महिला राष्ट्रपति सभामुख आदि इताधि पायो म मान्छु तर दुरदराज का गाउँ मा अझै पनि दिनौ जस्तो हुने हत्या बलात्कार बाट हामी के ज्ञान आर्जन गर्न सक्छौ र। एक दुई जना राष्ट्रपति भएकै भरमा महिला को हक हित सुनिश्चित भयो भन्न मिल्छ र मेरो प्रशन। देश बदलिएन रे विकास भएन रे नारीको सम्मान नहुने ठाउ मा पूजा नहुने ठाउमा त्यसता अपेक्षा राख्नु ठिक हुन्न।

निर्मला पन्त एउटी अबोध बालिका को बलात्कार पछि हत्या हुन्छ अनि महिनौ बित्दा सम्म न हत्यारा पत्ता लाग्छ न कुनै सबुध।मात्र पन्त हैन हजारौ महिला यसरि नै शिकार भएका छन् र उनका परिवार त्यसकै न्याय का लागि पुरै जिन्दगी अदालतमा।यदि सरकार यो चोटी चुक्यो भने न जनता माफ गर्नेछन् न त निर्मलाको आत्माले नै, अन्ततः एक बारको जिवनमा बलात्कार भई जिवन त्याग नु पर्छ भने त जन्म नै किन दिनु भगवान । कुनै बेला छोरा चाहन्थे बा आमा संसारको रित नै तेही थियो तर शिक्षा को बिकास सगै हराएको त्यो रित फेरी फर्कने डर लाग्न थाल्यो । कसरी भन्नु होला त्यो बेला छोरी चाहन्थेनन् बंश धान्न छोरा रे अब त सुरक्षा दिन नसक्ने भयर समाज का राक्षस संग हुर्केकिएकि छोरी बचाउन गार्हो भएर छोरी को चाह घट्ने त हैन। जब सम्म नारी को रक्षा हुदैन तब सम्म न देश बन्छ न तिम्रो चरित्र नै त्यसकारण सरकारले महिलाको हक हित सुनिश्चित गर्ने उचित कार्यक्रमको थालनी गरि महिलाको सुरक्षाका लागि कदम चाल्नु पर्छ। यसपालि सरकार चुक्यो भने जनता माफ गर्नेछैनन्।

किस्मत जङ्ग कार्की
पोखरा विश्वविद्यालय

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top