यो नजरले अन्तिम चोटी देख्यो तिमीलाई - SamacharpatiSamacharpati        

यो नजरले अन्तिम चोटी देख्यो तिमीलाई

१६ असोज l

यो नजरले
अन्तिम चोटी देख्यो तिमीलाई
रङ्गिएको त्यों तिम्रो सिउदो पनि हेर्न पाईन
जन्तिको भिडले छेक्यो तिमीलाई
हुने खानी संग अन्मिएर गए कि तिमी
होला र अब त कमि के को तिमीलाई
धन सम्पति नभए नि धेरै म संग
थिईन र चोखो माया देक्यो तिमीलाई
दुखी गरिब नहुनी त म नै थिए बरु
भावी ले नि राम्रै राम्रो लेख्यो तिमीलाई
सबै पुगोस तिम्ले चाहेको जिन्दगीमा सधैं
भगवानले पुराईदिहुन हुन्छ इच्छा जेक्यो तिमीलाई।

किस्मत जङ्ग कार्की

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित