दसैँ

१६ असोज l

घर घर चाली जाउला नि जमरा, टिका लाउनलाई
बर्सौलाई पुग्ने बाबूआमा को ,आशिष् पाउनलाई
टाढाछन भने आफन्त कोहि ,एकपल्ट सम्झिनु है
लठ्ठेपिङ खेल्दै रमाइलो गरौ ,सबजना खुसी भै

घरघरमा खसि र च्याङ्ग्रा काटि ,भोजन गराउने
महान चाड दसैंको उमङगभित्र , सबजना हराउने
सबजना आफन्त भेट् भइ, रमाइलो गरौला
दुखलाई बिर्सी एकदिन यो मन ,खुसी ले भरौला

मामाघर जाउ भन्छन् बाबुनानि, खुसिको रङग्ले
सन्सार भरी महान चाड मान्छन ,आ आफ्ना ढंगले
बिदेश मा हुने दाजुभाइ आफन्त ,दुखी नहुनु है
झन्झनै रमाइलो गरौला हामी, अर्को साल सङै भै

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top