भिजिट भिसामा जानेलाई रोजगारी नदिनु भन्ने श्रम मन्त्रिज्युकोअनुरोध यसकारण गलत

१४ असोज l 
देशमा रोज़गारी नभएपछी, परिवारकोआर्थिक स्थीति कमजोर भएपछि, सानोतिनो ब्यवसाए गर्न लाई लगानी नभएपछि, खेतिगरेर खान जमिन नभएपछि, अनी जीविकोपार्जन गर्ने कुनै उपाए नै नभएपछि, भिजिट भिसामा  विदेश   नगएर कंहा जानेत् ! श्रम मन्त्रिज्यु सबै नेपालीलाई मेनपावरले ठगनै पर्ने हो र के मेनपावरबाट जाने चाहीं ठगिएका छैनन र  यदी मेनपावर र भिजिट भिसामा जानेको तुलना गर्ने हो भने मेनपावरबाट जाने धेरै ठगिएका छन।

त्यसकारणकी देश मेरो    जागारी देउ नत्र सजिलै भिजिट भिसामा जानदेउ। भिजिट भिसामा जादा कसको बाउको के जान्छ काम गर्न  र भिजिट गर्न अरु देशका नागरिक जान  पाउने  तर नेपाली चाही किन नपाउने  भिजिटमा गएर अलपत्र पर्ने नपर्ने हैसिएत हेरेर  बिचार गरेर अनी  निश्चित कानुनि प्रक्रिया पूरा गरेर जान दिनुपर्दछ।

केहि सिप भएकाहरुलाई विदेशमा भएका आफन्तले बोलाएर काम लगाउदा  सरकारलाई किन दुखाइ  सिप नभएका र  पढाई नभएकाहरु अनी विदेशमा आफन्त पनि नभएकाहरुलाई रोक्नु चाहिँ ठिकै हो।  किनकि  मानवतस्कर     दलालहरुले तिनीहरुलाई    विदेश     लगेर बेच्न वाअलपत्र पार्न सक्छन। तर सबैलाई रोक्नुचाही ठिक होइन। सरकारको काम भनेकोआफ्ना नागरिकलाई सरल र सहज तरिकाले जान पाउने बाताबरण बनाइदिनु हो । कीत government to government सिस्टम लागु गर्न सक्नुपर्यो। होइनभनेआ-आफ्नो तरिकाबाट काम खोजेर गरी खान पाउनु मानवअधिकार हो। कसैले पनी व्यक्तिगत अधिकार हनन नगरौ।

बरु भिजिट भिसामा जादा  विदेशमा अलपत्र परे म छु भनेर जमानी बस्ने वा काजगमा सही गर्ने निजको नजिकको एकजना आफन्ता साक्षि राखेर मात्र जान पाउने   सिस्टम हुनुपर्दछ। आफ्ना नागरिक विदेशमा अलपत्र नपरुन भन्नका लागि भिजिट भिसामा जाने ले पर्यटनमन्त्रालयबाट सरल तरिकाले अनुमति लिनुपर्ने सिस्टम बनाउदा राम्रो हुन्छ। किनकि यदी    गाड़ी दुर्घटना भयो l भने गाड़ी चलाउन प्रतिबन्द  लगाउनेकी बाटो सूधार्ने वासबारी साधनका लागी सिस्टम बनाउने प्लेन दुर्घटना भयो भने प्लेननै चालाउन प्रतिबन्द लगाउनेकी दुर्घटनाको कारण  रोकथामको उपाय   खोज्ने कोहि व्यक्ति करेन्ट लागेर मर्यो भन्दैमा बिधुत उपयोग गर्ननै प्रतिबन्ध लगाउन मिल्दैन, बरु सुरक्षा र साबधानीका उपाएहरुअपनाउनुपर्दछ ।

त्यसकारण समस्याको समाधान बन्दले होईन,बिग्यको सहयोग र सल्लाहमा ब्यावस्थापन गरेर मात्र  हुन्छ । खाडीमा राम्रो नोकरी गर्नेहरुले आफ्ना आफन्तलाई घुमाउन चाएमा पाउनु पर्दछ । राम्रोआम्दामी हुनेहरुले  आफन्त घुमाउन नपाउने कारण केहि छैन। भिजिट भिसामा समस्या सिर्जना हुनुको मुख्यकारण श्रम गर्नअत्याधिक कडाइ गरिनुले गर्दा नै हो। अर्को कुरा खाडी र दुबईका प्राय कम्पनिहरु नेपाली लिनै मान्दैनन।किनकि १ जना नेपाली ल्याउन ३ चोटी नेपाली एम्बेसी धाउने फुर्सद कुनै कम्पनीलाई हुदैन । यो  मिलेन र त्यो मिलेन भनेर  फर्काइ दिन्छन् । ३ चार चोटी धाएपछी बल्ल काम बन्छ । अनि त्यो डकुमेन्ट नेपाल पठाएपछि मात्र श्रम हुन्छ । त्यति गर्दा पनि कुनै कुरा नमिलेमा वा छुटेमा नेपालमा श्रम हुदैन र एम्बेसीमा तिरेको । ३० हजार जती बेकार  हुन्छ । त्यस कारण यस्तो    रिक्स  लिएर  कुन कम्पनीले नेपाली कामदार ल्याउछन यँहाका अधिकाम्स कम्पनिहरु नेपालीको श्रम गर्न सारै गाह्रो छ बरु भिजिटमा आएलिन्छौ भन्छन । त्यसैले नै खाडीमा हुनेहरुले आफ्ना आफन्तलाई भिजिट भिसामा बोलाएर काम खोज्ने गर्दछन।

फ्री भिसा फ्री टिकट सिस्टम लागु भएपनि मेनपावरहरुले १ लाख २० हजार सम्मअसुली राखेकाछन्,  सरकारले त्यसको अनुगमन गर्न सकेकोछैन।श्रम गर्न अत्याधिक गाह्रो र खर्चिलो भएकाले यत्ति धेरै रकम लिनुपरेको मेनपावरवाला को भनाइ छ।झन्डै नेपाली रु ३० हजार डकुमेन्टमा छाप लगाउन दुताबासमा र खाडीको चेम्बरमा खर्च हुन्छ,अनि नेपालमा श्रमअफिसमा छ हजार जत्ति अरु खर्च हुन्छ। बास्तबिक लाग्ने खर्च यत्ति हो, तर मेनपावरले अनेक बहाना देखाएर मोटो रकम असुल्छन। भिजिट भिसाको कुरा केहो भने, दुताबास बाट नाता प्रमाणित गरेको पत्र ल्याउने बाहेकको सेटिंग बन्दगरे पुग्ने ठाउमा सबैलाई बन्द गर्न खोज्नु   दुश्मन   हो  । मुख्यकुरा दलालहरुले एरपोर्टका कर्मचारीहरु संग मिलेर सेटिंगमा दुबई पठाउने बाटो बन्दहुनु पर्यो।भिजिट भिसामा आएर अलपत्र पर्ने त्तिनै  हुन्  जो  एरपोर्टमा सेटिंग मार्फत एकलाख पचासहजार सम्मतिरेर आएका हुन्छन। भए भरको पैशा एरपोर्टका फटाहहरु लेखाइ दिएपछि यँहा आएर बेखर्ची हुनु स्वोभाबिक नै हो। त्यसकारण कानुनि प्रक्रिया पुराएर जानचाहनेलाई जान दिनुपर्दछ। ग्यास पड्कियो भने ग्यासमा खाना पकाउनै बन्द गर्ने कि ग्यास  र चुलोको गुणस्थर सुधार्ने त्यसोहुनाले सरकारमा बस्नेहरुको हरेक समस्यालाई कसरि समाधान गर्ने भन्ने ज्ञान र क्षमता नभएसम्म कुनै पनि समस्याको समाधान निस्किदैन। त्यसैले भिजिट भिसा बन्द होइन ब्यबस्थित गरौ। नेपालमा राम्रो रोजगारी नभएर मात्र विदेश जान बाध्य भएका होइनौ। अरु पनि धेरैकारणहरुले गर्दा विदेशिनु बाध्य भएका हौ।

रोजगारी नभएपनि कुनै उद्ध्यम वा व्यवसाय गरेर भएपनि आफ्नै देशमा घरपरिवारसंग बस्ने रहर कसलाई पो हुन्न र  सधैको बन्द हड्तालले न काम गर्न पाहिन्छ, न पसल  खोल्न  पाहिन्छ। महंगी त्यत्तिकै छ, बल्ल महिना भरि  दुख   गरेर १५ हजार कमायो अनि खर्च चाँही  २० हजार जति हुन्छ। घरभाडा, बिजुलीको बिल, ग्यास, राशन तरकारी, दुध, बच्चाको फि आदि सबैतिर महंगी।अझ कुनै बेला बिरामी भैयो भने त बजेट चौपट।कमाएको जत्तिले नधानेपछि सधैको टेन्सन लिएर बस्नु भन्दा बिदेशिनुनै उत्तम लाग्छ।अर्को तिर नपढेका युवालाई हुनेखालको आधुनिक कृषि प्राणाली छैन, कृषिमा आधारित उद्धोगहरु छैनन्। भएका खनिज पदार्थहरुको उत्खनन र प्रयोग गर्न सकिएको छैन।

२४०५ सरकारी करले गर्दा सबारी साधनहरु किनीनसक्नु महँगा छन। नेपाल आउने पर्यटकलाई घुम्नकालागि सुरक्षित बाटोघाटो छैनन। आन्तरिक हवाई सुरक्षा    झन नाजुक । कलकारखानाहरु ठप्प छन्। देशमा शान्ति आउला  बिकाशनिर्माण सुरु होला अनि व्यवसाय चल्ला भनेर कुर्ने हो भनेत जुग बित्छ तर उपलब्धि केहि हात लाग्दैन। सधैको राजनीतिक खिचातानी,जो सत्ताम्मा पुग्छ उसको बिरुद्ध बन्दहड्ताल गर्नेपर्ने खालको सोच र संस्कृति बिकास भएको छ । राजनीतिक फाइदाका लागि बन्दहड्ताल गर्छन अनि जनताको अधिकारका लागि नेपाल बन्द गरेका हौ भनेर लाजर अफ्ठेरोनै नमानी भन्छन।यत्रो खर्च गरेर समिधान बनाएपछि बन्द हड्ताल गर्न नापाहिने गरे त्यो दिन भएको सम्पूर्ण क्षेती व्यहोर्नपर्ने नियम बनाउनुनि।एकदिन बन्द हुदा राज्यको करोडौ राजश्व डुब्छ भने सार्बजिनिक  र निजि उद्ध्योगलाई पनि करोडौ घाटा हुन्छ। निरंकुशता भएपो बन्दहड्ताल गर्ने।प्रजात्रन्त्रिक व्यवस्थामा किन बन्द हड्ताल गर्ने  बन्दको दिन कोहि अस्पताल जान नपाएर मरे त्यसको जिम्मा बन्दकर्ताले लिनुपर्छ। खै यस्ता कुराहरु नयाँ समिधानमा ठिक्क छ नेपाल बन्द गर्न छुटदियौ। बन्द आवोहान गर्नुहोस तर इच्छापर्नेले बन्द गरुन अनि इच्छा नपर्नेले गाडी चलाउन र पसल पनि खोल्नपाउन।अनि बल्ल थाहा हुन्छ बन्द कति सफल भयो, कति असफल भयो रु जबर्जस्ति बन्द गर्ने नगरे गाडीनै जलाइदिने, ढुंगाले हानेर सिसा फुटाइदीने अनि बन्द सफल भयो भन्ने  आफ्नो स्वार्थको लागि अरुको निर्बादचल्न र काम गर्न पाउनेअधिकार हनन गर्न पाहिन्छ  र  राजनीति गर्नेले जे गरेनी हुने देशको ठेक्का पाएको हुन्छ
न शान्ति सुरक्षा छ, न कारोबारको पैसा बोकेर एक्लै हिड्ने जमानाछ। हाम्रो समाज यति दरिद्र भैसक्योकि कसैलाई पैसा सापट दिनुहोस, ज्यान गए फिर्ता गर्दैनन । पैशा आफुसँग    नभएपनि गर्दैन र भएपनि गर्दैन।अनि उजुरी लिएर पुलिसकोमा जानुहोस।आर्थिक कारोबारको मुद्दा पुलिसले हेर्दैन भनिदिन्छ।तर सोर्षफोर्स लगाउन सक्नुभयो भने हीठगिमा समातिदिन्छन।जब छानबिन सुरु हुन्छ उल्टै पुलिसले के भन्छन भने पैसा नभएर नदिएको होला केहिदिन पर्खिदिनुहोस नत् १ पुलिसकोमा लग्दा पनि कारबाही नहुने देखेपछि फटाहकोझन       हौसला बढ्छ  । यस्तैछ हाम्रो न्यायप्रणाली। दुबईतिर होस त्, यस्तो ठगलाई     सिधै   थुनिदिन्छन ।पैसातिर अनिबहिराआऊ, किन दशथरि कुरा गर्नुपर्यो।

प्रसासन, न्यायलय, यातायात, पुलिसचौकी ,भूमि सुधार जतापनि सेवा लिन जानुहोस कि बोल्लं सक्नुपर्छ कि घुसखुवाउन सक्नुपर्छ, अनिमात्र तपाइंको काम हुन्छ। यदि तपाईंमा पनि यूरोपियनहरुको जस्तो इमान्दार र भनेको काम भनेकै समयमा गर्ने बानिछ,वा गर्नपर्छ भन्ने ज्ञान छ भने नेपाली समाजमा तपाईं फिटहुनुहुन्न ।नेपाली समाजमा त्यस्तालाई कुरा नबुझ्ने भेडो, एकोहोरो, लिडे, घमण्डी, भनेपछि  गर्नेपर्नेढीट, आदिआदि भनिन्छ।कोहि कोहिसंग त तपाईंको झगडा पनि पर्नसक्छ। तपाईं एउटा काम गराउन श्रमिक खोज्न जानुहोस यत्ति पैशादिने भए गर्छु नत्र गर्दिन भन्छ, बरु दिनभरि तास र क्यारिम खेलेर बस्छ तर उसले भनेको जति पैशा नपाएका मनै गरिदिन्न । यस्तो जतापनि अफ्टेरोस्थितिमा नेपाल बसेर कसरि गुजारा चल्छ र राजनीतिकर्मी, सरकारीकर्मचारी, ठेकेदार, ठुलाब्यापारी, गुण्डा, दलाल, चोरफटाह, अनिस्कुल, कलेज, हस्पिटल, आदि खोलेर बस्नेहरुलाई मात्र यो देश स्वोर्ण भुमि भएको छ। बाकि लाइ त हातमुख जोड्न पनि धौधौ छ।अनि विदेश पलायन नभएर अरु के गर्नुत  जबसम्म राजनीति गर्नेहरु देश र जनताप्रति इमान्दार हुदैनन। जबसम्म राजनीति गर्नेहरुको चेतनाको स्थर बिकाश हुदैन।जबसम्म राजनीति गर्नेहरुले के गर्दा राम्रो र के गर्दा नराम्रो भनेर छुट्याउन सक्दैनन्,तबसम्म बिभिन्न तरिकाबाट विदेशजानेहरुको लर्को रोकिन सक्दैन।
मीनबहादुरपण्डित

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top